logo
  • शनिबार, साउन ३० २०८३

श्रेष्ठ र घलेको मौलिक सालैजो भाका “नुवाकोटे नानी” बजारमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दिल कुमार श्रेष्ठ, दोहा ।
प्रवासमा रहेर कलाकारिता क्षेत्रमा संघर्ष गर्दै आएकी गायिका नानु घले सालैजो एल्बम “नुवाकोटे नानी” लिएर बजार आएकी छिन् । मितेरी फिल्मस् साँस्कृतिक समूहको सहयात्रा तथा प्रकाश सपुतको शब्द तथा संगीतमा उक्त एल्बम  युट्युब मार्फत  सार्वजनिक भएको हो ।
गाउँ घरमा चलन चल्तीमा रहेको रोधीघर घन्काउने सालैजो भाकामा रहेको “नुवाकोटे नानी” बोलको गीतमा नानु घले र राष्ट्रिय स्तरको अवार्डबाट सम्मानित गायक रित कुमार श्रेष्ठको स्वर रहेको छ ।

चर्चित नृत्य निर्देशक शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियोको क्यामरामा म्यान राजेश घिमिरे हुन् । कृष्ण फिल्म्सको निर्माणमा बनेको मिठो लय संगीत र मन छुने भाकामा रहेको गीतमा प्रकाश सपुत, नानु घले, र सन्तोषी घलेको अभिनय रहेको छ ।

नेपाली परम्परा र लोक सस्कृतिका पारखि कलाकारहरु देशमा मात्र नभएर विदेशमा समेत कमि छैन । यस्ता कलाकारहरुले कर्मभूमि कतारलाई बनाए पनि नेपाली गित संगीतलाई माया तथा आफ्नो कलालाइ प्रस्तुत गरेका छन् । अझै कतारलाई नेपाली कलाकारको उर्वर भूमि भन्दा पनि फरक नपर्ने भएको छ ।

कतारमा दिनानुदिन नयाँ कलाकारहरु जन्मने क्रम बढ्दो रहेकोले कला र संगीतसंग सम्बन्धित स्थापित संघसस्थाहरुले कलाकारिताको अवस्था बुझ्नु पर्ने भएको छ ।


हेरौं गीतको भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend