साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेठ १८ ।
भरतपुर महानगरपालिकामा मतगणनाको क्रममा मतपत्र च्याथीएको बिषयलाई लिएर गुल्मीमा प्रर्दशन भएको छ । नेकपा एमााले गुल्मीको आयोजनामा आयोजित बिरोधसभामा नेता तथा कार्यकर्ताले मतगणना तुरुन्त सुचारु गर्न भन्दै बिहिवार दिउँसो तम्घास बजारमा प्रर्शन गरेका हुन् ।
जिल्लाको सदरमुकाम तम्घासका बिभिन्न चोकमा नाराबाजी सहित उत्रिएका नेता तथा कार्यकर्ताहरुले अबिलम्ब मतगणना सुचारु गरि जनताको अभिमत स्वीकार्न आग्रह गरेका छन् । बजारमा प्रदर्शन पछी जिल्ला प्रशासन कार्यालय अगाडी आयोजित कोर्णसभामा बोल्ने अधिकांश नेताहरुले लोकतन्त्रमा जनताको अभिमतलाई गलत्याउन खाज्नो निन्दनिय भएको बताएका छन् ।
कोर्ण सभामा बोल्ने एमाले गुल्मीका सचिवालय सदस्य एबं रेसुङ्गा नगरपालिका मेयर पदका उम्मेदवार डिल्लीराज भुसालले माओवादीले पराजयको स्थितिमा पुगेर मतपत्र च्याथ्नु गतल कार्य भएको बताए । लोकतन्त्रमा निर्वाचन र जनताको अभिमत ठुलो हो उनले भने ‘मतपत्र च्याथ्नु र पुन मतदान गर्नु भनेको मतदातामाथी गरिएको दुरव्यावहार हो’।
निर्वाचनमा उत्रिएपछी जनताको अभिमतलाई स्वीकारर्नु पर्छ भुसालले भने ‘यदि भरतपुरमा पुन मतदान गरे देसभरी त्यहि घटना दोहोरीनेछ’ । जनतामा पनि जाने जनताको अभिमत पनि नमान्ने यो कस्तो खालको परिपाटी हो कोर्णसभामा बोल्दै अर्का सचिवालय सदस्य जंग नेपालीले भने ‘भरतपुरमा एमालेलाई पुन मतदान मान्य छैन राकिएको मतगणाना तुरुन्त सुचारु गरियोस’ ।
रोकिएको मतगणाना तुरुन्त सुरु नगरे जनताको अभिमतमाथी भएको हमला बिरुद्धमा जनता सडकमा उत्रिने बिद्यार्थी नेता राजेन्द्र बिक्रम कुँवरले चेतावनी दिए । उनले योजना बद्ध जनताको अभिमत च्याथेर निर्वाचनको वातारण धमिलाउन खोजेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend