साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेठ १७ ।
दोस्रो चरणमा हुने स्थानिय निर्वाचकको निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी वढन थालेको छ । बिभिन्न दलहरुले निर्वाचन बिशेष अभियान, बिभिन्न भेला, सभा सम्मेलन छलफलहरु गर्न थाले सगै चुनावी रौनक भित्रिन थालेको छ ।
गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिका सहित ९३ वडामा निर्वाचनका गतिबिधिहरु वढ्न थालेका छन् ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकामा एमालेबाट सबै वडाहरु अध्यक्षका उम्मेदवारहरु चयन अन्तिम चरणमा पुगेको छ । नगरका १४ वडा मध्ये वडा नं. ७ मा एमालेको तर्फबाट युवा उम्मेदवार मोहनप्रसाद पाण्डेयलाई उठाउने एमाले गुल्मीले निर्णय गरेको छ । युवा संघ गुल्मीका हालका अध्यक्ष समेत रहेका पाण्डेय युवाहरुका बिशेष लोकप्रिय मानिन्छन् ।
सानै देखि लगनशिल र पार्टीको तोकिएको जिम्मेवारी पुरा गर्न दत्तचित्त भएर लाग्ने निडर युवा नेता पाण्डेयलाई जिताउन अहिले युवा देखि बृद्धबृद्धाहरु सबै उत्साह पुर्वक अभियानमा लाग्ने बताएका छन् । युवाले परिर्वतनको नेतृत्व गर्छ पाण्डेयले भने ‘समाज परिर्वतन गर्न युवाबाट सम्भव छ’ ।
सानै उमेरदेखी वामपन्थि विचारवाट प्रभावित पाण्डे विद्यार्थी आन्दोलनदेखी युवा संघको सदस्य हुदै गुल्मी जिल्लाको युवा संघ नेपालको वर्तमान अध्यक्ष समेत सम्हालिरहनु भएका पाण्डे गुल्मी उद्योग वाणिज्य संघको सदस्य रहेर समेत काम गरेका छन् ।
गुल्मी जिल्लामा रेसुङ्घा मिनी माइक्रो यातायात संचालनमा उनको महत्वपूण भूमिका रहेको छ । त्यस्तै विभिन्न संघसंस्थाको अनुभव सम्हालेका पाण्डे ५ नम्वर प्रदेश वाट यस क्षेत्रलाई टुक्रयाउने सरकारको रवैयालाई यस क्षेत्रका जनताले ४१ दिने लामो आन्दोलनमा युवा पङ्घितको तर्फवाट अग्रणी भूमिका छ ।
देश र जनताको निमित्त नेकपा एमालेले लिएको दृष्टिकोण ,जेष्ठनागरीक ,असहाय अपाङग त्सैगरी आफ्नो गाउ आफै बनाउ नितीले आज जनतामा आत्मसम्मानले वाच्न पाउने अवसर प्राप्त गरेको छ । जसले गर्दा आम जनतामा नेकपा एमाले एक भरोसा योग्य पार्टी वनेको छ ।
तराई आन्दोलनको सम्बन्धमा स्पष्ट दृष्टिकोण राख्नु , छिमेकि हस्तक्षेपको विषयमा स्पष्ट धारणा राख्नुले एमालेलाई जितका लागि सहज हुने पाण्डेले वताए । आफु पनि यसै समाजको एक युवा भएकोले सबै पार्टीको साथ र समर्थन आफुलाई रहनेमा आफु विश्वस्त रहेको उनले वताए ।
गुल्मी जिल्लाका एक सफल व्यवसायीका रुपमा परिचीत पाण्डे संग विदेशमा रहदाका व्यवसायीक अनुभवको राम्रो ज्ञान पनि छ । सदरमुकाममा अवस्थित आफ्नो गाउँ नगरपालिका नै भउपनि धेरै सेवा र सुविधावाट वन्चित रहेको उनको भनाइ रहेको छ ।
मोटरवाटो स्तरउन्नती गर्ने, डम्पिङ सायड व्यवस्थित गर्ने ,गरिब विपन्न बर्गका समुदायको आर्थीक स्तर उकास्न पहल गर्ने ,कृषिमा आधुनीकिकरण गर्ने, एक घर एक धारोको व्यवस्था मिलाउन पहल गर्ने ।
उनाय चौरमा राष्ट्रिय स्तरको खेलमैदान वनाउन पहल गर्ने ,लगायतका यी वाहेक हामिसंग थुप्रै योजनाहर छन् पाण्डेले बताए । भुजेलखर्कमा रहेको भगवति मन्दीरको स्तरउन्नती गर्ने, भुजेलखर्क क्षेत्रमा केवलकारको सुरुवात गर्ने लगायतका योजना हामी संग छन् उनले भने ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend