साझा नेटवर्क
बिष्णु अधिकारी, कतार।
गायिका तथा संचारकर्मी शितल शर्माको सांगीतिक कोसेली पानी जहाज भाग २ सार्वजनिक भएको छ । कुशल संचारकर्मी तथा उद्घोषिका समेत रहेकी शितल शर्मा गायिकाको नामबाट पनि आम नेपाली दर्शक श्रोता माझ परिचित छन् । बुटवल स्थाई ठेगाना भई बिगत १४ बर्ष देखी संचारकर्मी र यस सांगीतिक क्षेत्रमा संघर्षरत शितल शर्माले करिब एक दुई महिना अगाडी देखिनै पानी जहाज आउने सूचना बिभिन्न संचार माध्यमबाट प्रचार प्रसार गरिरहेकी थिइन् ।
लामो समयको पर्खाइपछी आज जेठ १५ गतेको दिन पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली द्वारा बिमोचन गरी उक्त गित युटुबमा सार्वजनिक गरेकी छन् । वरदान डिजीटल म्युजिक प्रा.लि द्वारा बजार ब्यवस्थापन भएको सोही गित अर्का गायक, सर्जक तथा संचारकर्मी वैकुण्ठ महत र उनै गायिका तथा संचारकर्मी शितल शर्माको उत्कृष्ट आवाजमा स्वरबद्ध भएर सजिएको छ । उक्त गितको लय तथा शब्द संकलन गायक वैकुण्ठ महतले नै सृजना गरेका हुन् ।
सोही गितको भिडियो तर्फ बिष्णु भट्टराई को निर्देशन, छायांकन तथा सम्पादन रहेको छ भने दृश्य निर्माण अविरल फिल्मस् प्रा.लि को रहेको छ । त्यस्तै अभिनय तर्फ उनै गायिका शितल शर्मा, वैकुण्ठ महत, चिरण, कुल चन्द्र, डिल्ली नारायण, सविन, मुक्ती, हाँस्य कलाकार मनोज गजुरेल, पत्रकार ऋषी धमला र अपाङ्ग नृत्यांगना रोमा न्यौपाने लगायत अन्य चर्चित कलाकार र पत्रकारहरुको दमदार अभिनय रहेको छ ।
यस गितको शब्दमा देशको विकाश र आर्थिक समृद्धिको पाटोलाई समेटिएको छ भने देशमा हुने घुसपैठ जस्ता क्रियाकलाप हुन बाट रोक्न पर्छ बिदेशमा भएका नेपालीलाई स्वदेश फर्काएर रोजगार दिन पर्छ भन्ने जस्ता शब्द समेटेर बिभिन्न पार्टीका नेता हरु र जनता हरुलाई चेतना मुलक गित रहेको छ । जनताको चाहना अनुसार बिगतमा केपी शर्मा ओलीले मन्त्री हुँदा बोलेको पानी जहाजको सपना सोही बिषयलाई साकार पर्ने उत्थान गर्दै उक्त गित सार्वजनिक भएको छ ।
सोही गितको शुटिङ गर्ने क्रममा देशको बिभिन्न ठाउँमा पुगी पुरा भिडियो तयार भएको गायिका तथा संचारकर्मी शितल शर्माले बताएकी छन् । यस गित को रेकर्डिङ गर्दा देखी म्युजिक सम्पन्न हुँदा सम्म आँफुलाई साथ दिने हरेक मिडिया संचारकर्मी पत्रकार देखी लिएर ख्यातिप्राप्त कलाकार सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै यस गितले उच्च सफलता हासिल गर्ने आशा राख्दै सम्पूर्ण आम दर्शक श्रोतालाई मायाँ गर्दिन आग्रह समेत गरेकी छन् । उनले भनेकी छन् तपाइँ हरुलेनै मलाई संचारकर्मी, उद्घोषिका र गायिका बनाउनु भएको हो मलाई आशा छ यस गितलाई अझै मायाँ गरिदिनु हुन्छ भन्नेमा ढुक्क छु । गितले सफलता पाअोस हाम्रो तर्फबाट शुभकामना ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend