साझा नेटवर्क
काठमाडौं, जेठ १६।
सरकारले भूकम्पीय पुनर्निर्माण र राष्ट्रिय गौरवका ठुला आयोजनाहरुको पर्याप्तमा मात्रामा रकम बिनियोजन गरेको छ । भुकम्पीय पुर्ननिमार्णको लागि मात्र सरकारले आव २०७४—०७५ को लागि एक खर्ब ४६ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को लागि कुुल १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेकोमा पुुनर्निर्माणको लागि मात्र एक सय ४६ अर्ब रुपैयाँ बजेट विनियोजन घोषणा गरेका हुन ।
बजेटमार्फत सरकारले आव २०७४/७५ मा राष्ट्रपति चुरे संरक्षण आयोजनाका लागि एक अर्ब ९३ करोड, मेलम्ची खानेपानी आयोजनाका लागि छ अर्ब ५७ करोड रुपैयाँ, पशुुपति र लुम्बिनी क्षेत्रको गुरुयोजनाको विकासका लागि दुुई अर्ब १३ करोड रुपैयाँ छुट्याएको छ ।
भूकम्पपीडित जनताको आवास निर्माण लागि यसअघि दुुई लाख रुपैयाँ अनुदान दिने व्यवस्था गरेकोमा आव २०७४/७५ को बजेटमा यसमा एक लाख रुपैयाँ थप गरी तीन लाख रुपैयाँ पु¥याएको छ । सिँचाइका लागि २७ अर्ब ४१ करोड, कृषिको समग्र र एकीकृृत विकासका लागि ३० अर्ब ४० करोड रुपैयाँ विनियोजित गरेको छ ।
सरकारले बजेट मार्पmत डोल्पा र हुुम्ला सदरमुुकाम जोड्ने सडक विस्तारका लागि ३० करोड, काठमाडौं तराई दु्रत मार्गका लागि १० अर्ब १४ करोड, सिमरा भैरहवा र पोखरा विमानस्थलका लागि १३ अर्ब ७३ करोड, माथिल्लो तामाकोशी जलविद्युुत् आयोजनाका लागि ५६ करोड, बूढीगण्डकी जलविद्युुत् आयोजनाका लागि १० अर्ब १७ करोड रुपैयाँ बजेट छुुट्याएको छ ।
यसैगरी मुग्लिन–नारायणगढ सडक स्तरोन्नतिको दुुई अर्ब ५६ करोड, नागढुंगा—नौबिसे सुरूङमार्ग पाँच अर्ब ५४ करोड, स्थानीय तहबाट निर्माण हुनेबाहेक अन्य सडक ८९ अर्ब ५२ करोड, संसद्हरूले छनौट गरेका आयोजना तीन अर्ब, जनता आवास कार्यक्रमका लागि दुुई अर्ब ४४ करोड तथा जलविद्युत्को विकास तथा प्रसारण लाइन विस्तारका लागि ६२ अर्ब ४७ करोड रुपैयाँबराबरको बजेट विनियोजन गरेको छ ।
१.महिला, बालबालिका र समाज कल्याण २ अर्ब २३ करोड
२.श्रम तथा रोजगारसम्बन्धी कार्यक्रम १ अर्ब १४ करोड
३.पशुपति र लुम्बिनी क्षेत्रको गुरूयोजना २ अर्ब १३ करोड
४.डोल्पा र हुम्ला सदरमुकाम जोड्न ३० करोड
५.स्थानीय तहका लागि २ खर्ब २५ अर्ब ५ करोड ४५ लाख ९१ हजार
६.काठमाडौंको विद्युत् वितरण प्रणाली भूमिगत गर्न ६२ अर्ब
७.वित्तीय समानीकरण अनुुदान ७६ अर्ब ४१ करोड
८.हुुलाकी राजमार्ग ४ अर्ब १७ करोड
९.उत्तर दक्षिण लोकमार्ग २ अर्ब ३ करोड
१०.मेलम्ची आयोजना ६ अर्ब ५७ करोड
११.काठमाडौं–तराई द्र्रुत मार्ग १० अर्ब १४ करोड
१२.सिमरा, भैरहवा र पोखरा विमानस्थल १३ अर्ब ७२ करोड
१३.सिँचाइसम्बन्धी कार्यक्रम २७ अर्ब ४१ करोड
१४.कृषिको समग्र र एकीकृत विकास ३० अर्ब ४० करोड
१५.राष्ट्रपति चुरे संरक्षण आयोजना १ अर्ब ९३ करोड
१६.माथिल्लो तामाकोशी आयोजना ५६ करोड
१७.बूढीगण्डकी जलविद्युत् आयोजना १० अर्ब १७ करोड
१८.भूकम्प पूनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब १८ करोड
१९.स्थानीय तहबाट निर्माण हुनेबाहेक अन्य सडक ८९ अर्ब ५२ करोड
२०.संसद्हरूले छनौट गरेका आयोजना ३ अर्ब
२१.जनता आवास कार्यक्रम २ अर्ब ४४ करोड
२२.जलविद्युत्को विकास तथा प्रसारण लाइन ६२ अर्ब ४७ करोड
२३.गाउँपालिका १० देखि ३९ करोड (अनुुदान)
२४.नगरपालिका १५ देखि ४३ करोड (अनुुदान)
२५.उपमहानगरपालिका ४० देखि ६३ करोड (अनुुदान)
२६.महानगरपालिका ५६ करोडदेखि १ अर्ब २३ करोड (अनुदान)
२७.मुग्लिन–नारायणगढ सडक स्त्तरोन्नति २ अर्ब ५६ करोड
२८.नागढुंगा—नौबिसे सुरूङमार्ग ५ अर्ब ५४ करोड
२९.सामाजिक सुरक्षा भत्ता ३६ अर्ब
३०.सूचना तथा प्रविधिको विकास ४ अर्ब ९८ करोड
३१.युवा तथा खेलकुदका कार्यक्रम २ अर्ब २४ करोड
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend