logo
  • शनिबार, असोज १० २०८३

बाजुरामा नेपाली सेनाको जहाज दुर्घटना, पाइलट गम्भीर घाइते


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौं, जेठ १६।
नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना परेको छ । अवतरण गर्नेक्रममा बाजुरा विमानस्थल कोल्टीमा सेनाको जहाज दुर्घटना परेको हो ।
कल साइन एन ए ०४८ को स्काइ ट्रक जहाज करिब मध्यान्ह सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा दुर्घटनामा परेको हो ।

हवाई निर्देशनालय स्रोतका अनुसार पाइलट कैलाश गुरुङ गम्भीर घाइते भएका छन् । उनको बाजुरा अस्पतालमा उपचार भइरहेको छ । को–पाइलट र अर्का एकजनालाई पहिल्यै उद्धार गरिएको जनाइएको छ ।

दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको थियो । स्थानीयको पहलमा आगो निभाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend