साझा नेटवर्क
अनिल खत्री गुल्मी,जेठ १६।
नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले छिमेकीको यिसारमा प्रधानमन्त्रीको राजिनामा आएको बताएका छन्।सोमवार गुल्मीको रुरु गाउँपालिकाको ग्वादीमा सम्पन्न चुनावी कार्यक्रममा बोल्दै नेता ज्ञवालीले प्रधानमन्त्री प्रचण्डले राजनितिमा देखिएको इमान्दारीताको खडेरी मेटन भन्दै दिएको राजिनामा केवल छिमेकी मुलुक भारतको यिसारामा भएको बताए।
प्रचण्ड सरकार अपबित्र गठबन्धन गरेर अघि बढे यो नेता ज्ञवालीले भने‘बर्तमान सरकारले सत्ताको निम्ती जे पनि गर्यो’। सरकारमा रहेका गठबन्धनले अझैपनि चुनाव गर्न चाहेका छैनन् उनले भने ‘त्यसको प्रतिवाद एमाले गर्छ चुनाव भएरै छोडछ’ । मधेसी दलहरुलाई देखाएर सरकार आफै चुनाव गर्ने पक्षमा नभएको नेता ज्ञवालीलको भनाई छ।
सरकारमा बसेर सत्ता र पैसाको खोलो बगाएर चुनाव गर्दा समेत नतिजा हात नपरेपछी प्रचण्डकै डिजाइनमा षडयन्त्र पुर्वक भरतपुरमा मतपत्र च्याथ्ने काम भएको आरोप लगाए । एमालेको पक्षमा जनलहर छ नेता ज्ञवालीले भने ‘केन्द्रमा एमाले प्रदेसमा एमाले गाउामा एमाले हुादैछ’।पुर्व मन्त्री समेत रहेका ज्ञवालीले केपी ओलीको सरकारले राखेका योजनाहरुबाट बिरोध गर्नेहरु ऐले आफ्नै घोषणा पत्रमा राखेर एमालेकै लाइनमा उभिन बाध्य भएको बताए ।
एमालेलाई भोट दिनेलाई सम्मान गर्छ त्यो कामले देखाउछ नेता ज्ञवालीले भने ‘ऐले एमालेको पक्षमा जनलहर छ हामी पााच वर्षमा यो मुलकलाई कायापलट हुने गरि बिकासका सुन्दर योजनाहरु ल्याउने छौं’।चुनावको बेला पानि ल्याउछौ, बाटो ल्याउछौं भन्दै खोक्रा बिकासे नाराको पछी नलाग्न आग्रह गरे।
उनले अरुले भन्दै हिडछन् एमालेले काम गर्दै हिडछ त्यसैले पनि एमालेलाई बिजयी गराउनु पर्ने जोड दिए । नेता ज्ञवालीले पहाड र मधेसलाई जोडने काम एमाले गर्ने बताए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend