साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेठ १५ ।
गुल्मीमा युवालाई उद्यमी बन्नका लागी तालिम दिइएको छ। जिल्ला युवा समिति गुल्मीको आयोजनामा जिल्लाका ५० जना यवालाई उद्यमी वन्न सिकाइएको हो ।
जिल्ला यवा समितिको युवा परामर्श सेवा कार्यक्रमको आयोजना गरी १६ देखी ४० उमेर समूह भित्रका ५० जना युवालाई उद्यमि कसरी वन्ने सम्बन्धमा एक दिने सिकाइएको परिषद गुल्मीकी नासु सञ्जीवनी अर्यालले जानकारी दिइन। कार्यक्रममा युवा समिति गुल्मीका कार्यालय पमुख राम पसाद पाण्डेले कार्यालयका काम कार्वाहिवारे, जिल्ला घरेलु बिकास समितिका त्रिविक्रम ज्ञवालीले उद्यम भनेको के, यसको महत्व, कसरी उद्यम छनौट गर्ने,जिल्लामा उद्यम र रोजगार संचालनका लागि संभाव्य क्षेत्र लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा युवाको सीप, क्षमता, नेतृत्व एवम् उद्यमशिलताका विषयमा प्रष्ट्याइएको थियो ।सहभभागीहरुले समितिका कार्यक्रम आफुहरु लक्षित भएकोमा खुशी ब्याक्त गर्दै थप सिपमुलक कार्यक्रमको माग गरेका छन् ।समितिबाट पाएको यस्तो खालको कार्यक्रमले उद्यम गर्नतिर आफुहरुलाई प्रेरित गरेको बताए । कार्यक्रममा समितिका अध्यक्ष राजेन्द्र बिक्रम कुावरले शैक्षिक प्रमाण पत्र धितो राखेर व्यावसायिक ऋण दिने कार्यक्रम अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए ।
जिल्लामा रहेका तिन निर्वाचन क्षेत्रका तिन वटा समुहले संभवत असार मसान्त भित्रमा ऋण पाइसक्ने अध्यक्ष कुावरले बताए । एमाले अध्यक्ष केपी ओली नेतृत्वको अघिल्लो सरकारले शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण दिने घोषण गरेको थियो ।
परिषद्ले रोजगारीको खोजीमा दिनानुदिन विदेशिादै गरेका युवाको क्षेत्रमा सीपमूलक तालिम, व्यवसायिक ऋण, सरकारी तथा गैरसरकारी निकायको सहयोग एवम् अनुदान केन्द्रित गराई स्वदेशमै रोजगार तथा स्वरोजगारका अवसरहरु सिर्जना गर्नेउद्देश्य राखेको छ
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend