साझा नेटवर्क
दिपेन्द्र श्रेष्ठ अर्घाखाँची, जेष्ठ १५।
दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचन हुने जिल्ला अन्तर्गत अर्घाखाँचीमा पनि ने क पा एमाले ले सबै ग्रामिण भेगका गाउँपालिकाहरुमा निर्वाचन केन्द्रित प्रचार प्रचार तथा संगठन विस्तारका कार्यहरुलाई तिब्रता दिनथालेको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै ने क पा एमाले अर्घाखाँचीले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको देखिन्छ।आइतबार नेकपा एमाले अर्घाखाँची छत्रदेब गाउँपालिका वार्ड नं.७ साबिकको भगवतीको माझकोट तथा मदेलाचौर बस्तीमा टोल भेला तथा चुनाबी सभा सम्पन्न गरेको छ।
पुर्ब अंचल कमिटि सदस्य लक्ष्मण रायमाझीको प्रमुख आतिथ्यता तथा छत्रदेब गाउँपालिका संयोजक भविश्वर पाण्डेको विशिष्ट आथिथ्यता,छ्त्रदेब गाउँपालिका एमाले अध्यक्षका उम्मेदवार ऋषि अधिकारि छ्त्रदेब गाउँपालिका उपाध्यक्ष मनि मनि शर्मा पन्थी वार्ड नं ८ का वार्ड अध्यक्ष उम्मेदवार नेत्रलाल पाण्डे,लगाएतका विशिष्ट ब्याक्तिहरुको आतिथ्यता रहेको कार्यक्रममा कांग्रेसबाट २५ जना र मावबादी केन्द्रबाट १० जना आफ्नो पार्टी परित्याग गरि ने क पा एमालेमा प्रबेश गरेका हुन् ।
छत्र टोल भेलामा बोल्दै छ्त्रदेब गाउँपालिकाको अध्यक्षमा उठेका उम्मेदवार अधिकारीले आफु निर्वाचित भएमा राज्यबाट आएको आफुले पाउने तलव भत्ता जनताको विकास र तिरो तिर्न र जनाहिताकालागी खर्चिने निणय तथा प्रतिवद्धता जाहेर गर्नुभएको छ ।साथै सम्पूर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित भएर लाग्न आग्रह समेत गर्नुभएको छ ।
त्येस्तै छ्त्रदेब गाउँपालिका एमालेकि उपाध्यक्ष उम्मेदवार मणि शर्मा पन्थीले आफु उपाध्यक्ष पदमा निर्वाचित भएमा पालिकाको न्यायपालिकामा कुनै पनि कमि आउन नदिने र जातीय छुवाछुत ,लैंगिक हिँसा ,कुरीति लगाएतका सामाजिक समस्याहरुको जरैदेखि निर्मुल पार्नेमा समेत प्रतिबद्ता जाहेर गर्नुभएको छ|
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend