logo
  • शुक्रबार, असोज ९ २०८३

कतारमा नेपाली महिला समाजले गर्यो रक्तदान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

उद्धव मगर, कतार ।
गत शुक्रबारका दिन कतारमा रहेको गतिशिल एक मात्रै महिला समाजले कतारको सरकारी हस्पिटल हमादमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । महिला समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा कतारमा रहेको विभिन्न वैचारिक संगठन लगाएत जिल्ला संगठनहरुको उल्लेख्य उपस्थित रहेको थियो । यस कार्यक्रममा उपस्थित ८१ जनाले रक्तदान गरेको थियो भने अन्य ४० जना सदस्यहरुको रक्त वदर भएको छ ।
हामीले लिएको जानकारी अनुसार यस रक्त अनुदान किन त भनेर सोधेका थियौं यसको जवाफ जस्ताको तस्तै महिला समाजका वर्तमान अध्यक्ष सुस्मिता भट्राईले भन्नु भयो हामीले गरेको थोरै सहयोग यदि जीवन दानमा परिणत हुन्छ भने हामीले किन सहयोग नगर्ने कतीपय विरामीहरु रक्तको अभावले भौतारी रहेको अवस्थामा हामीले गरेको रक्त भण्डार त्यसवेला ठूलो सहयोग हुने सोचले यस कार्यक्रम आयोजना गरेको वताउनु भएको छ ।
यस कार्यक्रममा यस महिला समाजका सक्रिय सदस्यहरुको पनि त्यति नै सहयोग रहेको छ । त्यति नै खट्नु भएको थियो जसमा अग्रपंतीमा खटिनु भएका वर्तमान अध्यक्ष सुस्मिता भट्टराई, प्रथम उपाध्यक्ष अमिना खान, द्धितिय उपाध्यक्ष जानुका बस्नेत(खड्का) वर्तमान महासचिव अम्बिका खत्री, कोषाध्यक्ष मिना गैरे, सह–कोषाध्यक्ष हिलेरी राई (तामाङ्ग) सदस्य रेणुका कार्की, कमला गुरुङ, सन्जु सुन्दास, समाज सेवी तथा व्यवसायी माया के.सी रहनु भएको थियो ।अन्तमा यस कार्यक्रमलाई साथ सहयोग गर्नुहुुने विभिन्न संग संस्थाबाट प्रतिनिधित्व गर्नुहुने उपस्थित महानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रम सु सम्पन्न भएको घोषणा गर्नु भएको छ ।


थप तस्वीरका लागि यहाँ क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend