साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा ।
सार्दीखोला सेवा समाज कतारले राम सिंह तामाङलाई हवाई टिकट सहयोग गरेको छ । माछापुछ्रे गाउँपालिका २ सार्दिखोला खैम्राङ स्थाई घर भएका स्थायि घर तथा हाल माछापुछ्रे गाउँपालिका २, वांजोखेत वसोवास भएका कतारमा कृयासिल कास्की सार्दिखोला समाजले स्वदेश फिर्तिको निम्ती एकतर्फी हवाइ टिकट सहयोग गरेको छ ।
उनि २१ जुलाई २०१७ का दिन हिमालयन एरलाइन्सवाट स्वदेश फिरेका छन् । विगत एक बर्ष अघी फोरमेन भनी कतार आई पुगेका तामाङका अनुसार लेवरमै आफुले काम गर्नु परेको थियो । विगत केही महिना अघी देखी तलव वरावर नपाएको र आफ्नो अवस्थाता कारण स्वदेश फिर्ती हुन चाहेर कम्पनिमा आग्रह गर्दा टिकट आँफै ल्याउनु पर्ने बताएको जानकारी समाजलाई उनले आफ्नै गाउले दाजुभाइ सम्झेर सहयोगका निम्ती अनुरोध गरेका थिए ।
प्रदेशी भुमिमा आफ्नो दाजुभाइ समस्या परि संस्था समक्ष हार गुहार गर्न पुगेका तामांगको सहयोगको लागी सस्थाको नियमित वैठकले सहयोग गर्ने निर्णय गरेको थियो । तामांगलाई वर्तमान सचिव शपारसिङ तामाङले टिकट व्यवस्थापन गरी तामाङलाई हस्तान्तरण गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend