साझा नेटवर्क
काठमाडौं, जेठ ९।
अघिल्लोपटक काठमाडौमा सभाषदको उम्मेदवार भएपनि हार स्विकार गरेकी अनेमसंघ (क्रान्तिकारी) कि महासचिव रेणु दाहाल यसपटक फेरी भरतपुरमा जनताको मत माग्न पुगिन् । जनयुद्धकालदेखि नै आन्दोलनमा सक्रिय भूमिकामा रहेकी रेणु २/२ पटक सम्म बाबु प्रधानमन्त्री हुादा समेत कुनै लाभको पद नलिई जनताद्वारा अनुमोदिन हुन चाहिन् ।
पहुाचका भरमा टिका लगाएर नियुक्ति नखाएकी रेणुको त्यो सकारात्मक पाटोलाई हत्केलाले छेकेर जव स्थानीय तहको उम्मेदवार बनिन्, सामाजिक सञ्जालमा प्रचण्डपुत्री भनेर आलोचनाको वर्षा भयो। यतिसम्मकी रेणु दाहालले प्रचण्डपुत्री बाहेक अरु कुनै योगदान गरेकी छैनन र उनले ब्यालेटबक्समा जस्तो मत परेपनि चुनाव हार्नुपर्छ । उम्मेदवारी घोषणा देखि शुरु भएको उक्त आलोचना चुनाव सकिएर मतगणना शुरु हुादासम्म तिब्र गतिमा बढ्दै थियो।
शुक्रबार दिउासो २ बजेर ३८ मिनेटको समय । पत्रकार भरत पाण्डेको एउटा स्टाटस आयो–मा पत्रकार भरत पाण्डेयको फेसबुक वालमा एउटा स्टाटस देखियो जसमा लेखिएको थियो– ‘ रेणु दाहालले चाहेको भए सिधौ सरकारी नियुक्ती खान सक्थिन्, श्रीमानलाई राजदुत बनाएर वा बनेर विदेशमा ऐश आरामको जीवन जीउन सक्थिन् । मतलब उनले चाहेको भए जहाा पनि फिट हुन सक्थिन्, तर उनले त्यो चाहिनन् । सधौ जनताबाटै परिक्षण हुन खोजीरहिन् चाहे काठमाडौं प्रत्यक्ष सभाषद लडेर होस् या चितवनमा महानगरको मेयरमा भिडेर ।
उनको जिवनशैली नजिकबाट नियाल्ने हो भने प्रचण्ड उनका बाबु हुन् भन्ने लाग्दैन मतलब त्यति सामान्य छ।आफ्नै बाबु २र२ पटक प्रधानमन्त्री भइसके तर उनी प्रचण्डको कुनै टिममा बसेर काम गरिनन् । अरु प्रधानमन्त्रीका छोराछोरीरभाईभतिजा र श्रीमतिले जस्तै पावर प्रयोग गरेको भए उनको पछि दौड्ने धेरै हुनेथिए पक्कैपनि, तर उनले त्यसो गरिनन् । यति हुदाा हुदौ पनि उनलाई खेदनुको कारण चााही के हो ? के उनीसंग प्रचण्डको छोरी हुनु बाहेकको अरु कुनै परिचय छैन ?’
सामाजिक सञ्जालमा आलोचनाको वर्षा भईरहेको बेला यो स्टाटस माओवादी कार्यकर्ता र स्वतन्त्र व्यक्तिहरुका लागि मरुभूमिमा परेको बर्षा झौ भयो । एकैछिनमा दजैनौाको दरमा समर्थनमा प्रतिकृया आए, शेयर पनि उस्तै भयो भने । धेरैका सामाजिक सञ्जालमा परीमार्जन गरी प्रवाह गर्ने क्रम बढ्यो ।
सोही स्टाटसलाई पछ्याउादै दिउासो ३ बजेर ५१ मिनेटमा फेरी नागरीक दैनिकका राजनीतिक संवाददाता प्रकाश तिमल्सेनाले अर्को स्टाटस लेखे – ‘रेणुको ईज्जत गरौ’ भनेर ।
त्यसमा पनि रेणु दाहाल प्रधानमन्त्री प्रचण्डकी छोरी मात्रै नभई सशस्त्र युद्धकाल देखी नै पार्टी नेतृत्वमा रहेर काम गरीरहेकी एक कुशल नेतृ भएको आज पनि टिका लगाएर नेता बन्न खोजेको नभई गत संविधानसभा निर्वाचनमा काठमाडौमा र अहिले भरतपुरमा प्रत्यक्ष चुनाव लडेर जनताबाट अनुमोदिन हुन खोजेकोले उनलाई अनुमोदिन हुन दिनुपर्ने भनाई छ।
उनको यो स्टाटस पनि धेरै पत्रकार, राजनीतिक दल तथा बुद्धिजिविहरुले पढेर प्रतिकृया दिएका छन् । केही घण्टामै दर्जनौा लाईक सेयर गरेको यो स्टाटसले पनि धेरै सर्वसाधारण र तटस्थहरुलाई आफ्नो विचार पोख्ने मेलो खुल्यो। रविन सायमी, स्वागत नेपाल,अर्जुन पोखरेल,रामकृण अधिकारी, कृष्ण आचार्य, खगेन्द्र गिरी लगायत दर्जनौ पत्रकारहरुले उक्त स्टाटसमा सहमति जनाउादै लेखे ।
फेसुबकमा राम्रो सञ्जाल बनाएका विद्यार्थी नेता दिपेश पुनले फेरी पत्रकार पाण्डेयको स्टाटस कपि गरेर स्टाटस राखे । यो यति दु्रत गतिमा फैलियो कि हजारौाले पढेको जानकारी गराए । यसमा धेरैले रेणुको अनावस्यक विरोध गर्नु नहुने प्रतिकृया पनि राखे ।रेणु दाहाललाई अनावस्यक आलोचना गरेको सहन नसकेर लेखक ईन्दिरा आचार्य,पत्रकार कल्पना भण्डारी, सचेन गौतम, शारदा शर्मा, राधा पोखरेल, श्याम श्रेष्ठ लगायत सायौाजनाले उनको पक्षमा स्टाटस लेख र चिठी नै लेखे ।
ईन्दिरा प्रसाईले रेणुका नाममा चिठी लेखेर उनका विरूद्धमा वाढी आएको देख्दा मलाई हाम्रो नेपाली मानसिकताप्रति हाास उठेको छ, टिठ लागेको छ र विरह पनि चलेको बताएकी छन् । उनले प्रधानमन्त्री र राष्ट्रपति जो हुादा पनि हुने, जतिसुकै उपप्रधानमन्त्री र मन्त्री खाादिदा पनि हुने, जस्तै भ्रष्ट र मुलुकमारा जो जहाा मनोनीत र नियुक्ति हुादा पनि सबैले कानमा तेल हाल्नु पर्ने तर नगर प्रमुखको पदका लागि भईरहेको खेलप्रति कटाक्ष गरेकी छन् ।
हेर्नुहोस्
पत्रकार कल्पना भण्डारीले रेणुको उम्मेदवारी पितृसत्तामाथीको बेजोड प्रहार रहेको तर मिडिया देखी सामाजिक सञ्जालका बुद्धीजिवीहरुले उनीमाथी प्रयोग गरेको भाषा, आक्रोस र उच्छृंखल अभिब्यक्तिले मन पोलेको बताएकी छन् । ‘कुनै वाद र विचारबाट ग्रसीत भएर सोच्ने हो भने त फरक हो, तर एक स्वतन्त्र विचारधारा लिने हो भने रेणुको उम्मेदवारीमा यति विघ्न आक्रोस किन ?’ उनले प्रश्न गरेकी छन् ‘एक उम्मेदवार मात्रै होइन, उनी कसैकी छोरी, कसैकी बुहारी र कसैकी आमा पनि हुन् भन्ने हेक्का किन राखिदैन ?’
हेर्नुहोस
पत्रकार रमेश वाग्लेले रेणुको विरोध अल्पदृष्टिधारीहरुको हनुमानगिरी भनेका छन् ।‘आाखिझ्यालबाट देखिने क्षितिजलाई मात्र संशार ठान्ने अल्पदृष्टिधारीहरुको हनुमानगिरी र कथित राष्ट्रवादबाट आउने उच्चतम राजनीतिक संस्कार देखिएको हो यो’ उनले ब्यङ्गय गर्दै भनेका छन् ‘यसलाई त विरोध हैन सलाम गर्नुपर्छ, रेणुका पक्षमा बोल्नु महापाप हो तपाई पनि त्यही गर्दै हुनुहुन्छ ।’ उनले अरुप्रतिको आक्रोस भए बाबुलाई भन्ने धेरै कुरा र विधी भएपनि चुनावी प्रतिस्पर्धीको तेजोबध त गर्न नमिल्ने तर्क राखेका छन् ।
धेरै पत्रकारहरुले उनको बारेमा कोकोहोलो मच्चाउनु जरुरी नरहेको र रेणु दाहाल प्रचण्डपुत्री मान नभई एउटा संघर्षशिल नारी भएकोले राजनीतिक नेतृत्वमा उदाउनका लागि सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।अधिकारकर्मी भने बोलेनन्ओरेक नेपालकी अध्यक्ष डा रेणुराज अधिकारी, अम्बिका पौडेल, लेखकहरु यमुना अर्याल, राधा पोखरेल लगायतका धेरैले लेख नै लेखे । कतिले स्टाटस लेखेर रेणुको आलोचना जायज नभएको बताए ।
तर एउटा चुनावलाई प्रभाव पार्ने गरी अतिरञ्जित आलोचना गरीएको रेणुको अधिकारको विषयमा अधिकारकर्मीहरु बेलैमा बोलेनन् । गलत हल्लाका कारण रेणुले जनमत पाउने जुन अधिकार हनन भयो ।अघिपछि सामान्य विषयमा पनि मानवअधिकारका कुरा उठाएर चर्को नारा लगाउने अधिकारकर्मीहरुले प्रतिकृया दिए पनि नदिएपनि रेणुमाथीको अन्यायपूर्ण दुस्प्रचार बन्द भएको छ ।
हिाजो प्रचण्डपुत्रीका नामले पुकार्ने ठूला मिडियाले पनि आज रेणु दाहालका पक्षमा लेख छाप्न सक्ने भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend