logo
  • शुक्रबार, असोज ९ २०८३

विदेशी भूमिमा पनि गायनमा सक्रिय बन्दै कोपिला


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रभाकर शर्मा, साइप्रस।
वैदेशिक रोजगारीको क्रममा साइप्रसमा रहे पनि सप्तरीकी कोपिला दाहाल गीत संगीतमा सक्रिय रुपमा लागि परेकी छिन्। उनको पछिल्लो गीत “म नेपालकी छोरी” को म्युजिक भिडियो हालै सार्बजनिक भएको छ। बाल्यकालमा बन पखेराहरुसँग बिताएको झणलाई समेटिएको उक्त गीतको शब्द पनि गायिका कोपिला दाहालको नै रहेको छ।

उक्त गीतको संगीत सागर अधिकारी र एरेन्ज सुदिप सागरको रहेको छ। म्युजिक भिडियोमा चर्चित नायिका तथा मोडल नम्रता सापकोटा, म्युजिक भिडियोका निर्देशक सुरेन बस्याल र बालकलाकार आस्मिक सुबेदीको अभिनय रहेको छ। म्युजिक भिडियोलाई सङ्स नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

नेपालमा करिब १५ बर्ष अघि सँगीत गुरु रामकुमार खड्कासँग गायन सिकेकी कोपिला सानो उमेरदेखिनै गीतहरु गाउने गर्दिन। बिबाह पश्चात उनि गायनमा सक्रिय भएर लागेकी कोपिलाको पहिलो गीत दश वर्ष अगाडि रेकर्ड गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend