logo
  • शुक्रबार, असोज ९ २०८३

नयाँ शक्तिले छान्यो गुल्मीका ४ गाउँपालिका प्रमुखका उम्मेदवार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री गुल्मी जेठ ९।
आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानिय तह निर्वाचनका लागी नयाँ शक्ति पार्टीले गुल्मीले ४ स्थानिय तहमा उम्मेदवार छनोट गरेको छ । पार्टीको जिल्ला सदरमुकाम तम्घासमा बसेको बैठकले जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिका मध्य केहिमा मात्र छनोट गरेको सचिवालय संयोजक जनक पन्तले जानकारी दिए ।

छनोट भएका गाउँपालिका मध्ये चन्द्रको गाउँपालिकाको प्रमुखमा तेजेन्द्र थापा,छत्रकोट गाउँपालिकाको प्रमुखमा जनक पन्त, धुर्कोट गाउँपालिका प्रमुखमा चन्द्र बहादुर बिक,रेसुङ्गा नगरपालिकाको प्रमुख पदम बहादुर खत्री (श्याम) लाई उम्मेदवार छनोट गरेको पार्टीले जनाएको छ । पार्टीको बैठक र उम्मेदवार छनोटको लागी नयाँ शक्ति पार्टीका राजनितिक सम्वाद समिति संयोजक बामदेव क्षेत्री केहि दिन गुल्मीमै रहने भएका छन् ।

नयाँ शक्ति पार्टी गुल्मीले चुनावी तालमेल गर्नको लागी वार्ता समिति समेत गठन गरेको छ ।चुनावी तालमेलको लागी तेजेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यि वार्ता समिति गठन गरेको छ । निर्वाचनको लागी जिल्लामा रहेका कुनै पनि दलहरुसंग चुनावी तालमेल गर्नको लागी सम्वाद छलफल खुल्ला रहेको नयाँ शक्ति पार्टीका ५ नम्बर प्रदेस सभा सचिव कमल खनालले जानकारी दिए ।

पार्टीले अन्य गाउँपालिका र वडाहरुको उम्मेदवार छनोट गर्न पार्टी भित्र छलफल भइरहेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend