logo
  • शनिबार, भाद्र २० २०८३

अनुहारको दाग हटाई छालामा चमक ल्याउने सरल उपाय


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

एजेन्सी ।
तपाईको छाला धेरैजसो सुख्खा तथा फिक्का देखिने गर्दछ । मरेको छालाको कारणले गर्दा यसो भएको हो, छालालाई चम्किलो तथा नरम बनाउनको लागि तपाईले प्राकृतिक घरेलु उपायलाई अपनाउन सक्नु हुन्छ । यो बिधि धेरै नै सजिलो हुनुका साथै प्रभावकारी पनि छ ।

बनाउने बिधि

१) कागती
२) नुन
३) चामलको पिठो
४) मह

पहिलो चरण
सबैभन्दा पहिला कागतीलाई दुई भागमा काट्नुहोस् । त्यसपछि आधि भाग कागतीमा थोरै नुन हाल्नुहोस् । यसलाई अनुहारमा केहि बेरसम्म दल्नुस र सफा पानीले मुख धुनुहोस ।

दोस्रो चरण
यसपछि चामलको पिठोमा मह र अर्को बाँकी रहेको आधि भाग कागतीको रसलाई राखेर राम्ररी मिसाउनुहोस् । यदि आवश्यक भएमा यसमा थोरै पानीलाई पनि हाल्न सक्नुहुन्छ । यस फेसपेकलाई पुरै अनुहारमा दल्नुहोस । र १५ मिनेट त्यसै छोड्नुहोस् ।

त्यसपछि सफा पानीले मुख धुनुहोस । अनुहारलाई सुक्खा हुन दिनुहोस । अनुहार पुरै रुपमा सुक्खा भैसकेपछि मइस्चराइजरलाई लगाउनुहोस् । यसको परिणाम स्वरूप तपाईको अनुहार पहिले भन्दा निकै आकर्षक देखिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend