logo
  • शुक्रबार, साउन ८ २०८३

प्रेम सुनारका बुवाको निधन प्रति पत्रकार महासंघद्धारा दुख व्यक्त


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ ६।
नेपाल पत्रकार महासंघ गुल्मीले पत्रकार प्रेम सुनारका बुवाको निधन प्रति गहिरो दुख व्यक्त गरेको छ । पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालद्धारा जारी शोक वक्तव्य महासंघका केन्द्रिय सभाषद प्रेम सुनारको परिवारमा परेको दुख प्रति सहानुभुति प्रकट गरिएको छ ।

वक्तव्यमा दिवङ्गत आत्मा प्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । सुनारका बुवा भुपाल सुनारको जेठ ४ गते ८३ बर्षको उमेरमा निधन भएको थियो ।

मृतक सुनार स्वासप्रस्वास र छातिको रोगले थलिएका थिए । उनको काठमाण्डौको सैनिक अस्पताल छाउनीमा उपचार भैरहेको थियो । स्थायी घर मुसिकोटको चुँदरी गाउँमा बसोबास गर्दै आएका सुनारका चारभाई छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend