साझा नेटवर्क
प्रेम सुनार, गुल्मी जेठ ४ ।
बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको मेयर पदका विजेता देवकुमार नेपाली दलित समुदायबाट मेयरमा खाता खोल्ने पहिलो व्यक्ति बनेका छन् । उनि लगत्तै मेयरमा दोश्रो खाता खोल्ने व्यक्ति हुन् सुर्खेतको लेकवेसी नगरपालिकामा विजयी मेयर गगनसिंह सुनार ।
त्यस्तै दलितबाट पहिलो गाउँपालिका प्रमुख बनेका छन् सल्यानको ढोराचौर गाउँपालिकाका चित्रबहादुर चलाउने । यता वाग्लुङ्गको वुर्तिवाङ्ग–१ घरभएका नेपाली नेकपा एमालेबाट ढोरपाटन नगरपालिको मेयर विजयी भएका हुन् । युवा अवस्था देखि वामपन्थी विचार राख्दै आएका नेपाली राजनीतिक क्षेत्रमा भन्दा पनि सामजिक क्षेत्रमा त्यस भेगमा प्रतिष्ठा कमाएका व्यक्ति हुन् ।
त्यहाँका विभिन्न विद्यालयमा निजी श्रोतमा शिक्षकहरु आफैले तलव खुवाएर राखेका र कम्पुटर कक्षा सञ्चालनका लागि समेत सहयोग गर्दै आएका नेपालीलाा ठुलो वाहुल्य रहेको त्यहाँको दलित समुदायले तपाई नै उठ्नु पर्छ भने पछि आफु एमालmेको तर्फबाट उमेदवारी दिएको बताउछन् ।
उमेदवार हुनु अघि कुनै वेला गाउँ वा यसरी मेयर बनुला भन्ने सोच्नु भएको थियो ? भन्ने प्रश्नमा उनले भने –‘ त्यस्तो तँ सोचेको थिईन, सामाजिक क्षेत्रमा मात्रै काम गछु, कुनै पदका पछाडी लाग्दीँन भनेको तर यसपालि यहाँका दलित समुदायले तपाई नै बन्नु पर्छ भनेर कर गरे पछि उठेको हुँ, जितियो पनि ।
निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अर्जुन शेरचनलाई सात सय भन्दा बढि मतको अन्तरले पराजित गरेर विजयी भएका उनले मेयरको तलव आफुले एक सुका पनि खर्च नगरेर त्यहाँको शैक्षिक विकासमा लगाउने घोषणा गरेका छन् ।
त्यस भेगमा दलित समुदायको ठुलो वाहुल्य रहेको र ति समुदायलाई शिक्षा स्वास्थ्य र समृद्धि तर्फ लैजान आफुले विशेष योजना बनाउने उनि बताउँछन् । ढोरपाटन क्षेत्रको पर्यटन विकासमा र त्यहाँको हरेक टोलमा मोटरवाटा बनाउने र स्तरोन्नती गर्ने आफ्नो खास एजेण्डा रहेको उनको भनाईछ ।
पञ्चायतकाल र वहुदल सम्म जुन जिल्लामा पनि गाउँका प्रमुखहरु ब्ढि मात्रमा व्राम्हण र क्षेत्री हुने गरेका थिए तर यसपालीको चुनावमा तिन प्रमुख दल र जनताले अन्य जाति भन्दा ठुलो संख्यामा जनजाति गाउँँ र नगरप्रमुखमा विजयी बनाएका छन् । यो समाचार तयार पार्दा सम्म चुनियका प्रमुखहरुको संख्या २ सय पुगेको छ ।
त्यस मध्ये ८० जना भन्दा बढि जनजाती गाउँ र नगर प्रमुखमा विजयी भएका छन् । वाँकीमा व्राम्हण क्षेत्री हाराहारीमा छन भने शाहि ठकुरीको संख्या एक दर्जन करिव छ । दलित प्रमुख भने हाल सम्म जम्मा तिन जना मात्रै छन् । वडा अध्यक्ष भने दलितबाट धेरै छन् र दलित महिलाहरुको प्रतिनिधीत्व त गणतन्त्रको अनुपम उपहार नै बनेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend