साझा नेटवर्क
साझा नेटवर्क।
आइतवार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना देशैभर जारी रहेको छ । नतिजा आउनेक्रम पनि जारी रहेको छ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबाँस्कोटमा राष्ट्रिय जनमोर्चाको प्यानल विजयी भएको छ ।
राजमो र एमालेको तर्फबाट अध्यक्षमा उमेदवारी दिनुभएका नरसिंह पुन ११ सय ९४, महिला सदस्य विष्णुमाया मगर्नीले १२ सय ३५, दलित महिला सदस्य गंगा क्षेत्री सुुनारले १२ सय ३७, खुल्ला सदस्य तर्फ छत्र बहादुर थापाले १२ सय २८ र राजेन्द्र ढुंगानाले १२ सय २६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत बद्रीनाथ अधिकारीले घोषणा गर्नुभएको छ । नेपाली काँग्रेसका अध्यक्ष उमेदवार पूर्ण बहाुर थापाले ४१२, भिमा थापाले ३७१, खुइमा सुनारले ३६५, श्याम थापाले ३६९ र चित्र थापाले ३५७ मत पाउनुभएको छ ।
धुल्लुबाँस्कोटको मत गणना सकिदा सम्म राजमोका कृष्ण प्रसाद शर्माले १२ सय ७९, दिलकुमारी पुनले १२ सय ५३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेपाली काँग्रेका प्रदिप थापा मगरले ३२६, विष्णु बस्नेत खत्रीले ३१८ र स्वतन्त्र उमेदवार चिनी थापा कालाले २६ मत प्राप्त गर्नु भएको छ । धुल्लुबाँस्कोटमा १९ मतपत्र बदर भएका छन् । आज विहानैबाट मतगणना बाटाकाचौरबाट सुरु गरिने सहकर्मी केशवराज क्षेत्रीले जानकारी दिनुभएको छ ।
जैमुनी नगरपालिकाको पछिल्लो नतिजा अनुसार राष्टिय जनमोर्चा तथा एमाले को सम्युतm प्यानलका अध्यक्ष नर बहादुर पुन ले ८०६ र उपााध्यक्ष लीला रानाले ७९४ मत प्राप्त गर्नुभएको छ भने काङग्रेस का इन्द्रराज पौडेल ले ३७० तथा उपाध्यक्ष कौसिला बिक ले २७० मतप्राप्त गर्नुभयको छ । त्यस्तै गल्कोट नगरपालिकाको बडा नम्बर १ दुदिलाभाटीमा राष्ट्रिय जनमोर्चाको प्यानल विजयी भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend