logo
  • शुक्रबार, असोज ९ २०८३

जापानमा भाषा अनुवादको अभावमा स्वास्थ्य समस्या गम्भिर बन्दै

समाचार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

संगीता कुँवर, जापान ।
जापानमा ६८ हजारको हाराहारीमा नेपालीहरुको संख्या रहेको भाषा अनुवादको जानकारी नभएका कारण गभ्भिर प्रकारका रोगको उपचारमा समेत हुननसकेको एक प्रतिवेदनले देखाएको छ । एनआरएनए जापानले गठन गरेको समितिले तथ्यांक  सकलन गर्ने क्रममा  धेरै समस्याहरु पाइएको देखिको हो। जापानमा रहेका ३ सय ५३ नेपालीहरुमाथि गरिएको नमुना सर्वेक्षण अध्ययनले जापानमा रहेका नेपालीहरुले भाषा अभावमा गर्भपतन गराउने घातक औषधि देखी सामान्य ज्वरो र ठूला रोगका औषधि समेत नेपालबाट ल्याई जाचँ नगरी सेवन गर्ने गरेको देखाएको हो । २० प्रतिशत नेपालीहरु एकपटक पनि अस्पताल पुगेका छैनन् । साथै स्वास्थ्य समस्या आउँदा २० प्रतिशत अस्पताल नजाने,७ प्रतिशत घरमै आराम गरेर बस्ने गरेको उल्लेख गरिएको छ। २३ प्रतिशत  स्वास्थ्य समस्याहरु आउँदा सहयोग गर्ने व्यक्ति नभएको बताए छन् । करिव १० प्रतिशत मदिरा सेवन गर्ने र सुर्ती तथा चुरोट पिउनेसंख्या ४ प्रतिशत छन् । भने ४४ प्रतिशत  स्वास्थ्य परिक्षण गर्न जाँदा भाषा अनुवाद गर्नै नसकिने अबस्थामा रहेको देखाएको छ।

समितिमा संयोजकमा डा विजय ज्ञवाली, डा सन्दिप शाक्य, डा प्रकाश शाक्य, डा दिपेन्द्र गौतम, डा लक्ष्मि कुमार पराजुली रहेका थिए । यसैगरि एनआरएनको तर्फबाट उपाध्यक्ष टाशी लामा, सचिव बुद्धि घिमिरे, संघसंस्थाको तर्फबाट बाँके बर्दिया मैत्री समाजका अध्यक्ष जनक विक्रम शाही र पत्रकार आनन्द कोइराला सदस्य रहेका थिए ।अध्ययन प्रतिवेदन समितिका संयोजक डा विजय ज्ञवालीले एनआरएनए जापानका अध्यक्ष सुदन थापालाई प्रतिबेदन हस्तान्तरण गरेका  थिए ।

हस्तान्तरण गर्दै डा ज्ञवालीले स्वास्थ्य चेतनाको अभाव, अत्यधिक मादक पदार्थको सेवन,समस्या देखा पर्ना साथ अस्पताल नजानु,औषधिको सेवन नियमित नगर्नु, अत्यन्त बढी श्रम ,खानपानको बेवास्ता र कम पानी पिउने कारण रहेकोले जापानवासी नेपालीलाई नियमितरुपमा स्वास्थ्य जनचेतना मुलक कार्यक्रम आयोजना गर्न समेत अनुरोध गरे । प्रतिवेदन बुझ्दै थापाले नेपालीको स्वास्थ्य समस्या समाधानका लागी काम गर्दै आएको र आगामी दिनमा पनि लागि पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend