logo
  • शुक्रबार, असोज ९ २०८३

कालिकोटमा भिडन्त, प्रहरी हतियार छाडेर भागे, सेना विद्रोहीहरु कै घेरा भित्र


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी बैशाख ३१।
अहिले साँझ वुथ कब्जा गर्ने क्रममा विप्लव नेतृत्वको नेकपा माओवादी र कालिकोटमा सुरक्षाकर्मी विच भिडन्त भएको त्यहाँका प्रमुख जिल्ला अधिकारीले वताएका छन् ।

विद्रोही माओवादीले कालिकोटको मालकोट भन्ने स्थानमा रहेको मतदान केन्द्रमा वुथ कब्जा गर्ने क्रममा सुरक्षाकर्मी संग भिडन्त भएको त्यस क्रममा प्रहरी हतियार छाडेर भागेको र अहिले साँझ अवेर सम्म पनि विद्रोहीहरुको घेरा भित्रै सेना र कर्मचारीहरु रहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरीधारी सुवेदीले टेलिफोन कुराकानीमा बताएका हुन् ।

उनले विद्रोहीहरुको संख्या निकै ठुलो रहेको बताए । विद्रोही पक्षको एक दुई जना जना मानिस घाईते भएको उनले बताए पनि सुरक्षार्की तर्फ भने जानकारी नआएको उनको भनाई रहेको छ ।

प्रस्तुत छ केहि वेर अघि उनै प्र.जि.अ. सुवेदी संग गरिएको टेफिोन कुराकानी ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend