logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा भारतिय भुपुलाई पेन्सन बितरण सुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी बैशाख २८ ।
गुल्मीमा पेन्सन क्याम्प सुरु भएको छ। भारतिय सेनाबाट अबकास प्राप्त भु.पु.सैनीकहरुका लागी बितरण गरिने पेन्सन क्याम्प बिहिवारबाट बितरण सुरु भएको हो ।

भारतका बिभिन्न सेना तथा बिभिन्न सरकारी सेवाबाट अवकाश प्राप्त भुपुहरुलाई बितरण गरिने पेन्सन क्याम्पको तालिका अनुसार गुल्मीमा सुरु भएको जिल्ला शैनिकबोर्ड गुल्मीले जनाएको छ । स्थानिय निर्वाचनले गर्दा समय फेरबदल गर्ने भनिएपनि गुल्मीमा पुरानै तोकिएकै मिति आजदेखि जेठ ९ गते चल्ने जिल्ला शैनिक बोर्ड गुल्मीका सेक्रेटरी बिष्णुकुमार थापाले जानकारी दिए ।

अबकाश प्राप्त भुपुलाई प्रत्येक वर्षको ६/६ महिनामा बितरण गरिदै आएको पेन्सन बितरण गरिदै आएको छ । सदरमुकाम तम्घासमा बितरण हुने गुल्मी जिल्ला लगायत बाग्लुङ्ग, अर्घाखाँची ,प्युठान लगायतका ठाउाका भुपुहरु करिव ७ हजार भन्दा वढीले पेन्सन क्याम्पमा बुझ्ने थापाले बताए । पेन्सन क्याम्प चल्ने भएसगै बुधवारबाटै तम्घासको बाख्रेछेडा बजारमा चलहपहल बढेको छ ।

क्याम्पलाई मध्यनजर राखेर स्थानिय तथा जिल्लाबाहिरबाट बिभिन्न व्यापार लिएर तम्घास आउने गर्नाले पनि चपहपहल वढने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend