साझा नेटवर्क
जमुना आर.सी.।
शिवचोकबाट दक्ष एवं कुशल शिक्षिका अर्थात कुशल गायिका कौशल्या गुरूङको नेतृत्वमा करिव तीस जना शिक्षकशिक्षिकाको एक समूह लिएर स्कुल बस । ब्याकग्राउन्डमा गीत गुन्जाउदै खारापानीतिर गुडिरहेको रहेछ । सायद म त्यही बसको पर्खाइमा एक घन्टा विताइ सकेको थेँ एक्कासी मेरो मोवाइलको रिङ टोन बज्यो रिसिभ गरे कौशल्य मेमको रहेछ कल ।
खवर रहेछ बस नजिकै आइपुग्न आँटेको । लाग्यो पर्खाइको अवधि सकिएछ अव । साँच्चै पर्खिनु र पर्खाउनु कति धेरै गाह्रो रहेछ मैले राम्रैसँग अनुभूत गर्ने मौक़ा पाए त्यतिवेला ।तीव्र गतिमा आइरहेको बस मेरो अगाडि एक्कासी रोकियो म त्यसैमा बिस्तारै चढे निश्छल स्नेहीपूर्ण मुस्कान मिसिएका मृद आवाजहरूले मेरो आतिथ्यलाई गुलावी हाँसो मिसाएर स्वागत गरे ।
त्यति धेरै घुलमिल एवं परिचित नभए पनि मन प्रफुल्ल भयो मेरो त्यसपछि कौशल्या मेमकै निकट सिटमा गएर बसे बिहानी शीतल पवन सँगैको त्यो स्नेहीताले मनमा खुसी छायो छुट्टै रौनकता सहित साँघुरो बाटोमा फराकिला मनहरू बोकेर गुडिरहेको पहेलो रंग पोतिएको बस बगर लामाचौर हुदै खारापानीतिर पुग्न आटिरहेको थियो जव सेती नदीमाथि लमतन्न सुतिरहेको पुल पार गरी उकालो चढ्छ बस अनि लुकी लुकी चियाउछन् त्यहाका हरियाली पाखापखेराले हामीलाई ।
पुराना पुराना गीतहरूको लयमा नाच्दै गाउँदै रमाउदै बसको गतिसँगै गुडिरहेका हामी सा साना पहाडकै आँगनीमा हराउछौ घरि घरि त । एउटा समथर ठाउँमा पुग्छौ त्यहाँ गहुँका बाला खेत भरि झुले दृश्यसँगै साना चिटिक्क परेका सुन्दर घरहरू देखिन्छन् ती घरहरूले मेरो प्रिय गाउँ सिरूबारी सम्झाउछ । त्यो दृश्यले अचानक मन तानियो अलिकति मेरो ।
कच्ची साँघुरो थकेको बाटो हुदै हामी अगाडि बडिरहेयौ जंगल विच हुदै जादा अलि दूर एउटा प्यासले छट्पटाई रहेको नदी देखियो बस त्यतै तिर बढीरह्यो तर मन त्यहाँ जान मानिरहेकै थिएन नदीको बहावले छोला छोला जस्तो बाटो बाटोले छोला छोला जस्तो नदी बहाव हुदै एक डेड घन्टा यात्रापछि हामी खारापानी पुग्यौ चारैतिरको सुन्दर दृश्य तर बीचमा एउटा धैरेको जीवन लुटेको मृत नांगो बगर लम्पसार परेर मस्त निदाएको देखेर मन मुटु बेस्सरी काप्यो केही समय मेरो दर्दनाक पूर्व दृश्यसँगैको घटना एकाएक आँखाहरूमा दोहोरिए ।
बगर मौन थियो तर मृत आत्माहरू चिच्याइरहेका थे । लाग्यो म र मेरा जस्ता कलिला सयौ जीवन, जीन्दगी र रहरहरू यही बगरको बालुवासँगै लिलामीमा छन् केही बर्ष पहिलो तिनै आत्माहरूको श्रद्धा एवं शान्तिका लागि हामी करिव ८०/९० जना मिलेर त्यहाँ पुगेको समय सम्झिए दोहोरियो फेरि मेरो मन र आँखामा धेरैका शोकाकूल आखाहरूबाट आशु बर्सिएर नदी बनेको दृश्य, मनहरू भत्किएको पहिरो बनेको दृश्य ।मेरो मन फेरि अमिलो बन्यो ।
मन मनै मैले तिनै मृत आत्म प्रति श्रद्धान्जली अर्पण गर्दै थे थाहा थिएन मलाई दिन र गते चाहि ठ्यक्कै यही हो जुन दिन मै हामी यहाँ आएका छौ आज भनेर एक्कासी दिलीप दाजुको मेसेज आयो घाम डुब्नुअघि गजल संचयनको बिमोचनमा आउनू ल बैनी आज भनेर मेरो मोवाइलमा । त्यो गजल आफ्नै यही खारापानीको बाढीले लुटेकी छोरीको स्मरणमा रहेछ म झस्किए पुन: अचानक सम्झिए त्यही पुगेर आफ्नी छोरी गुमाउदाको पीडामा भक्कानिदै रोएका दाजु दिलीप दोषीलाई ।
सायद आज पनि त्यसरी नै रूने होलान भनेर पुन: मन साह्रै भारी बन्यो आँखा रसाए पनि । म त्यही ठाउँमा त्यही पुर्व स्मृतिमा दुखिरहेको थे एक्कासी कौशल्या मेमले अव माथि पिकनिक स्पोटतिर जाऊ ल भन्नु भयो अनि लाग्यौ एक एक वटा समान च्यापेर माथि डाडोतिर दस मिनेट हिडाइपछि हामी त्यहा पुग्यौ मेरो भागमा पाच केजी टमाटर परेछ उकालो बाटोले पसिनै निकालियो । हाँस्दै रमाउदै सेल्फी फोटा लिदै गन्तव्यमा पुगियो ११ बजे बल्ल आहा !
त्यहाबाट हेर्दा देखिने दृश्यले साँच्चै मन लुट्यो दुवैतिर अग्ला अग्ला पहाड बिचमा बड़ो शालीन शिष्ट देखिएर बगेको त्यही नदी, पहाडसँगै कुस्ती खेलीरह्को वैसालु हावा । दृश्यमा साह्रै नजिकै देखिने जादा धेरै समय लाग्ने ठाउँमा पहाडको माथिबाट झरिरहेको झरनाले त मन झनै नजिक तानिरहेको थ्यो सबै दृश्य क्यामरामा कैद गरेर बिहानको खाजा चिया र ब्रेड लियौ हामीले ।
लाग्यो सुन्दर चिजमा नै सवैको आखा लाग्छ यति सुन्दर छस र त खारापानी तलाई दैवले त्यति धेरै डाहा गरेर तहसनहस पारेको त्यो बेला धन्न युदध गरेरै आफ्ना कलिला सन्तान गुमाएरै भएपनि अलिकति त जोगाएछस आफ्नो सुन्दरता चाहि गीत बजिरहेथ्यो चर्को आवाजमा केही समयको आरामपछि मेडम सरहरूको नृत्य सुरू भयो आफू त न नाच्न जान्ने न गाउन नै तै पनि नियाली रहे सवैको उमंग खुसी र नृत्यलाई ।
लाग्यो ,सुन्दर मान्छेलाईलाई नै भगवानले सुन्दर सवै चिज दिन्छन् हेर्दा शिष्ट, सभ्य, गोरी, सफ़ा मिहिनेति, निडर, आँटिली ,कोमल मायालु हल्का मोटी कौशल्य मेमको गाउने नाच्ने कलाले मलाई काउकुति लगाइरहेथ्यो । बिचरा ! म एक पटक पनि खुट्टा नउचालेकी मान्छे त्यो दिन त्यसै बेढंगको नृत्य गरे उनीहरू माझ । नृत्य शिक्षिका माया मेमले खुट्टा चाल्न सिकाइ रहनु भाथ्यो मलाई कौशल्य मेमले फ़ोटो लि रहनु भाथ्यो मेरै तर मेरो खुट्टा कापिरहेथ्यो ।
नजानेको काम गर्न कति कठिन कति असहज तैपनि सिक्ने मोहमा जवरजस्ती बेढंग नृत्य गरियो १०/१५ मिनेट ।करिव १घन्टाको नृत्यपछि अति स्वादिष्ट खाना खाइयो /खानापछि केही समय नाच्ने गाउने फोटा लिने काम भए । घरि रिसाएर अँध्यारो हुने घरि खुसी भएर उज्यालो हुने छिन छिन मै रूप फेरिरहने यो मनमोहक खारापानी देखेर म छक्कै परिरहेथेँ ।
दिन ढल्किसकेको थियो साँझ पर्ने आँटेको थ्यो प्रकृतिलाई साझी राखेर आआफ्नो परिचय दियौ हामीले बल्ल था भो हामी परिचित हुन र केही समय रमाइलो गर्न यहाँ आएका रहेछौ हेर्दा बृद्द जस्ता देखिए नि रत्न गुरूंग ,चन्द्र गुरूंग आसिष सरको जोषजाँगर र उत्साहले मनमा थप़ उत्साह थपियो घर फर्किने तयारीमा हामी खारापानीसँग बिदावारी भयौ र ओरालो बाटो लाग्यौ जुन बाटो बिहान चढेका थियौ ।
खारापानी बढ़ो शालीन शिष्ट देखिन्थ्यो तर त्यहाका मृत आत्माहरूले मलिनता देखेर मन बगर जस्तै उदास बनेको थ्यो आफ्नै आफ्न्तको बिछोडमा आकुलव्याकुल देखिन्थे तिनीहरू तै पनि हामी सम्झाइ बुझाइ गरेर फर्कियौ गन्तव्यतिर हाम्रो मन गह्रौ बनाएर । बाटोमा अव सुरू भयो गीत नाच हाँसो मज़ाक़ । जति आरालो झर्छौ उति रमाइलो आहा !
लाग्यो कौशल्या मेम ,राखी मिस ,माया मिस ,अन्जु मिस , लिना मिस र जुलियस सर ,विजय सर त नाच्नैका निम्ति जन्माइदिएको रहेछ ईश्वरले । जति सुन्दर त्यति नै रमाइला मलाई उनीहरूको रमाउने कला देखेर मोह लाग्यो तर म मा त्यस्तो कला अलि थिएन नै ।
बाटो अझै लामो भए हुने जस्तो भयो मनमा तर दुर्भाग्य मेरो ओर्लिने ठाउँ आइपुगेछ म खुसी बटुलेर हात हल्लाउदै बिहान जहाँबाट बस चढेथे त्यही ओर्लिए र लागे घर ति रमाउदै हात हल्लाउदै बस भित्रैबाट पनि सवैका हातहरूले बिदाईको संकेत गर्दै हल्लिरहेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend