साझा नेटवर्क
कुमार “अविरल” पन्थी ।
गुल्मेली गायक सन्तु थापा र निर्मला थापा मगरको “हाँसेर वोल” नामक गिति एल्वम सार्वजनिक भएको छ । गुल्मी रेसुङ्गा म्युजिक प्रा.लि.को प्रस्तुति रहेको “ हासेर बोल” एल्बम युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
नेपाली गित सङ्गीतको क्षेत्रमा माया प्रेम, मिलन बिछोड र ठट्यौली खालका गितहरुले चर्चा कमाउने गरिरहेकै बेला भर्खरै मात्र सार्वजनिक भएको मौलिक भाकामा तयार पारीएको “हासेर बोल” एल्बममा माया प्रेमका कुराहरुलाई सँगै बन पाखामा घास दाउरा गरेका कुराहरुलाई समेटिएको छ ।
भर्खरै मात्र सार्वजनिक भएको गीतमा “हजुर कहाको यो ज्यान कहाको भेट भाको दिन त, हासौ बोलौ एकैछिन बुलेर पिर चिन्ता, बार्है महिना शितल हावा रेसुङ्गाको बनमा, हासो रङ्ग पलाउदै छ बल्ल मेरो मनमा, भेट हुदा हासेर बोल, फेरी फेरी भेट होला नहोला” जस्ता शब्दहरु सजिएका छन ।
गायक सन्तु थापा, मिलन लामा र निर्मला थापा मगरको आवाज रहेको गीति एल्बम “हासेर बोल”मा लय तथा शब्द गायक मिलन लामाको रहेको छ । गीतको भिडियोमा मिलन लामा, रिना थापा मगर र सन्तु थापाले अभिनय गरेका छन ।
बब्बु थापाको निर्देशन रहेको भिडियोलाई दुर्गा पौडेलले छायांकन तथा प्रविन भट्टले सम्पादन गरेका छन । उक्त गीतलाई नेपाली साँगितिक क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल गुल्मी रेसुङ्गा म्युजिक प्रा.ली.ले बजार व्यवस्थापन गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend