साझा नेटवर्क
काठमाडौं, बैशाख २५ ।
अहिले वर्षायाम चलिरहेको छ । हुन त यो महिना पानी पर्ने होइन तर अहिलेको मौसममा लगातार जसो पानी परेर मौसम बदलिएको छ । वर्षाको मौसममा तपाईँलाई सबैभन्दा बढी के खान मन पर्छ ? प्रायःजसोले वर्षाको मौसममा तातो–तातो पकोडा, कफी वा चिया खान मन पराउँछन् । तर, बर्षायाममा पोलेको मकै खानुको छुट्टै आनन्द छ ।
हामी रहरले पालेको मकै खाने गर्छौँ । किनभने पोलेको मकैको स्वाद नै मिठो हुन्छ । मधुरो आगोमा पोलेको मकैमा नुन र कागती हालेर खाँदा त्यसको स्वाद अझ बढ्छ । तर, कहिल्यै सोच्नु भएको छ पोलेको मकै खानाले हाम्रो स्वास्थ्यलाई कतिको फाइदा हुन्छ भनेर ।
आयुर्वेदमा मकै खानुको अनेक फाइदा हुन्छ भनेर उल्लेख गरिएको छ । पोलेको मकै खानाले प्यास लागेको बेला पानीको मात्रा पुरा गर्छ । मकै एक यस्तो तत्व हो जसमा पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्छ । पोलेको मकैमा क्यारेटोनोइड र भिटामिन ए को राम्रो स्रोत हुन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend