logo
  • शनिबार, साउन ३० २०८३

म्यानचेष्टर युनाइटेडको अपराजित यात्रामा पूर्णविराम


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं, बैशाख २५ ।
आर्सनलले म्यानचेष्टर युनाइटेडको २५ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ र प्रिमियर लिगको शीर्ष चारमा सम्भावना कायमै राखेको छ । सोमबार भएको खेलमा आर्सनलले म्यानचेष्टर युनाइटेडलाई २-० को जित हात पारेको छ ।
आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५४ औं मिनेटमा जाकाले गोल गरे ।तीन मिनेटपछि नै थियो वालकोटले गोल गरेपछि आर्सनल २-० को अग्रता लिन सफल भयो ।

खेलमा थप गोल हुन सकेन र आर्सनल २-० ले विजयी भएको छ । जितपछि आर्सनलको ३४ खेलबाट ६३ अंक भएको छ र छैटौं स्थानमा छ भने ३५ खेलबाट ६५ अंक जोडेको म्यानचेष्टर युनाइटेड पाँचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend