साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी वैशाख २५ ।
गुल्मीमा अहिलेसम्म बुटवल पाल्पा हुँदै सदरमुकाम तम्घास आउने प्रमुख सडक मात्र कालोपत्रे भएको छ । पछिल्ला बर्षहरुमा सड्क निर्माणलाई तिव्रता दिइएपनि सडकहरु पक्की हुन सकेका थिएनन ।
लामो समय स्तरउन्नती समेत नभएका जिल्लाका केहि त्यस्ता सडकहरु सवारी साधन आवत जावतको हिसावले अत्यन्तै व्यस्त मानिन्छन् । जिल्लामा तम्घास सिमलटारी परियोजना नै स्थापना भएपछि विभिन्न सडकहरुको स्तरउन्नती र कालोपत्रेको कामले समेत गति लिन थालेको छ ।
सदरमुकामबाट पश्चिमी क्षेत्र जोड्ने तम्घास सिमलटारी सडकमा पनि मंगलबार देखि कालोपत्रे शुरु भएको छ । ४० किलोमिटर दुरीको यो सडकले क्षे नं ३ का २८ गाविस सहित प्यूठान र अर्घाखा“चीलाई समेत सुविधा पुग्ने छ । यो सडकको तम्घास छल्दी खण्डको ८ किलोमिटर खण्डमा २० करोड ६२ लाख लागतमा कालोपत्रे शुरु भएको हो ।
त्यस्तै सोही सडकको छल्दी सिमलटारी खण्डको २४ किलोमिटरमा स्तरोन्नती र बा“की खण्डमा कालोपत्रे नै हुने एमाले सचिव तथा सांसद गोकर्ण विष्टले बताए । ‘४१ करोड रकम बिनियोजन भैसकेको छ’, उनले भने, ‘अर्को वर्षसम्म पुरै सडक कालोपत्रे हुने गरी काम अघि बढेको छ ।’ त्यस्तै तम्घास खाम्सेपानी ७ किलोमिटर खण्डमा पनि कालोपत्रे अघि बढेको छ ।
तम्घास सिमलटारी सडक आयोजनाका प्रमुख इन्जिनियर सुजन अधिकारीका अनुसार आगामी ३ वर्ष भित्रमा जिल्लाका ठुला सडक पुरै कालोपत्रे र स्तरोन्नती हुनेछन् । छल्दी सिमलटारी १० किलोमिटर, छल्दी इन्द्रेगौंडा १३ किलोमिटर, तम्घास नेटा ५ किलोमिटर, बलेटक्सार रिङरोड ४० किलोमिटर सडक स्तरोन्नतीको तयारीमा छन् ।
अत्यन्तै व्यस्त रहेर पनि लामो समय देखि कच्ची सडका रुपमा रहेका जिल्लाका दुई मुख्य सडक मध्येको रुद्रवेणी वामीटक्सार सडक कालोपत्रे शुरु भएको छ । यो सडक यातायात शुरु भएको ३६ वर्षपछि कालोपत्रे शुरु भएको हो । यो सडकमा २०३८ साल देखि सवारी चल्न थालेका थिए ।
२०५२ सालमा रुद्रवेणीमा पक्की पुल बनेपछि सडकले बाग्लुङको बुर्तिबाङसम्मलाई जोडेको थियो । ४२ किलोमिटर लम्बाई रहेको सडकले बाग्लुङ र गुल्मीमा झण्डै २५ गाविसलाई जोडेको छ । दैनिक एक सय २० जिप, बस, ट्रक लगायतका सवारी ओहोरदोहोर गर्ने सडक लामो समय कच्ची हुदा सर्वसारधण मर्कामा थिए ।
सडकको लिम्घाको नादेवा खोला देखि सिस्नेखोलासम्मको ५ किलोमिटर खण्डमा इलाइट रसुवा जेभि कन्ट्रक्सनले शुक्रवार देखि कालोपत्रे शुरु गरेको हो । यो पहिलो चरणको कालोपत्रे हो । सबै सडकमा स्तरोन्नती र कालोपत्रेको काम एकैसाथ शुरु भएको छ । पूर्व मन्त्री प्रदिप ज्ञवालीले पुरै सडक कालोपत्रेका लागि ४८ करोड रुपैंया रकम अर्थ मन्त्रालयबाट उपलब्ध गराईएको बताए ।
रिडी रुद्रवेणी वामीटक्सार सडक जिल्लाको विकासको मेरुदण्ड नै हो’, उनले भने, ‘रिडी देखि रुद्रवेणी खण्ड कालीगण्डकी करिडोरमा परेकाले अहिले रुद्रवेणी देखि वामी खण्डमा काम शुरु भएको हो ।’ सबै ठेक्का बहुवर्षे योजना अन्र्तगत भएकाले अर्को वर्षसम्ममा पुरै सडक कालोपत्रे गर्ने गरी काम भैरहेको उनले बताए ।
जिल्लाका विभिन्न स्थान जोड्ने केहि सड्कहरुको स्तरोन्नती पनि तिव्रताका साथ अगाडी बढिरहेका छन् । एसएनआरटिपी परियोजनाबाट चोरकाटे शान्तिपुर १४ किलोमिटर, सेउघा सिमाहाघाट नादी पुर्कोट ३७ किलोमिटर खण्डमा पनि स्तरोन्नतीको काम भैरहेको कार्यालयका इन्जिनियर सुनिल रन्जितकारले बताए ।
३ वर्ष भित्र धेरै सडक कालोपत्रे हुने गरी काम भैरहेको छ’, उनले भने, ‘अधिकांश सडकमा कालोपत्रेसंगै पक्की पुल निर्माण समेत भैरहेका छन् ।’ जिल्ला भित्रका अन्य साना सडक पनि चौडा पार्ने काम तिब्र भैरहेको पनि उनले बताए ।
निर्वाचन क्षेत्र सडक अन्र्तगतका भेडुवा हुंगा सिस्ने ८ किलोमिटर, राक्से अमराई ४ किलोमिटर, खैरेनी जोहाङ भार्से ४ किलोमिटर सडकमा पनि प्रति सडक १ करोड रुपैंया लागतमा चौडा पार्ने, नाली बनाउने र स्तरोन्नती गर्ने कार्य भैरहेको कार्यालयका इन्जिनियर सुनिल रन्जितकारले बताए । त्यस्तै प्रादेशिक सडक अन्तरगत तम्घास–नेटामा पनि काम धमाधम भैरहेको कार्यालयले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend