साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी वैशाख २४।
देशमा कायम भएका धेरै स्थानीय तहहरुमा महिलाहरु उपप्रमुख पदमा चुनावको तयारी गरीरहँदा बाग्लुङ्गको बढिगाड गाँउपालीकामा भने पुरुष सँगै एक महिला चुनावी प्रतिस्पर्धामा उत्रीएकी छन । नेपाली काँग्रेसको तर्फबाट गण्डकी थापा अधिकारी पुरुषहरु सँग प्रमुख पदमा प्रतिस्पर्धा गर्दे चुनावी तयारीमा लागेकी छन।
उनले आफु गाँउपालीकालाइ सबल नेतृत्व प्रदान गर्न सक्षम भएको हुनाले उम्मेद्वारी दिएको बताइन । हाम्रो गाउँपालिकालाई बिकसित बनाउनु मेरो केवल सपना होईन संकल्प हो । उनले भनिन महिलाहरुले काम गर्न सक्दैनन भन्ने सवाललाई मेरो उम्मेद्वारी चुनौती हो । उनले आफुले जनहितको पक्षमा काम गर्न सक्छु भन्ने आत्मविश्वास आर्जन गरेरै उम्मेद्वार बनेको बताइन ।
‘हरेक ठांउमा पुग्दा मैले मेरा अग्रज वुवा आमा, दाजुभाई दिदिबहिनिबाट पाईरहेको मायाले म केवल प्रफुल्लीत मात्र बन्दीन । उनले भनीन् ‘मेरो उमेद्वारी संग उहाँहरुको भविष्यको सपना जोडिएको छ। त्यी सपनाहरुलाई संकल्प बनाई तिनिहरुको कार्यान्वयन मार्फत सबल, सम्पन्न र वीकसित बडिगाढ निर्माण गर्नु मेरो एक मात्र लक्ष्य हो ।
–उनले गाँउपालीका भित्र रहेका कृषि र खनिज श्रोत हरुको पहिचान गर्नको लागि अनुसन्धान केन्द्र खोल्ने र उद्योगहरु सञ्चालन गर्ने ।
–गाउँपालीका भित्रका प्रत्येक गाँउटोलमा मोटरबाटो पुर्याउने।
–भुमीहिन ब्यक्तिहरुलाइ भुमी उपलब्ध गराइ बेरोजगारहरुलाइ घरघरमै रोजगारीको ब्यबस्थापन गर्ने।
–दलित तथा पिछडीएका बर्गहरुलाइ समेट्न आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्ने।
–आबश्यक क्षेत्रमा आकाशेपुलको ब्यबस्था गर्ने ।
–प्रत्येक गाँउमा भएको खानेपानीको समस्या पहिचान गरी एक घर एक धारो कार्यक्रम सञ्चालन गर्ने।
–आबश्यकताअनुसार खेलमैदान निर्माण तथा नदीनालाहरुको संरक्षण गर्ने ।
–गरीब र बेरोजगारको तथ्याँक संकलन गरी स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने।
–सञ्चारको पहुँच पुर्याउने ।
–भिमखोला, लिलिङखोला, दर्लिङखोला, दाँगखोला, खहरेखोला, लब्धीखोला, रिघाखोला, बडि खोला जस्ता यस पालीकाको पहुँचमा भएको खोलाहरुको पानीलाइ बढि भन्दा बढी प्रयोग गर्ने।
–गाँउपालीका स्तरीय कृषि सडक स्थापना गरी मध्यपहाडी लोकमार्ग र ढोरपाटन–सालझण्डी सडकखण्ड बस्तीलाइ प्रत्यक्ष रुपमा जोड्ने ।
–गाँउपालीका भित्रका राजनीतिक दलसँग समन्वय गरी जनमुखी कार्यक्रम सञ्चालन गर्ने ।
उम्मेद्वार सहितको चुनावी प्रचार प्रसारको टोली घरदैलो अभियानमा लागेको छ । उनीहरु भोट माग्दै जनताको बस्ती तथा गाँउहरुका बिभिन्न कार्यक्रमहरु पनि गरीरहेका छन । काँग्रेसबाट गण्डकी थापा, एमाले र माओबादीबाट मेयरसिँह पाइजा मुख्य रुपमा प्रतिस्पर्धामा छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend