साझा नेटवर्क
साझा नेटवर्क ।
पछिल्लो समय आफुलाई गीत संगीतमा अब्बल बनाउदै आएका गायक अंकित न्यौपानेको प्रस्तुति रहेको नयाँ गीत “ति रातहरु” सार्बजनिक भएको छ । निकै नै सुन्दर शब्दमा ससजित मधुरिपूको शब्द रहेको यो गीतमा गायक अंकित न्यौपाने अनि मिलन अमात्यको आवाज रहेको छ ।
गायक अंकित न्यौपाने स्वयंमको आफ्नै संगीत रहेको छ भने आशिष अविरलको संगीत संयोजन रहेको छ । यसैगरि भिडियो पनि निर्माण भएको छ । भिडियोमा निर्मला दाहालको मेकअप, उत्सव दाहालको छायांकन अनि निशान घिमिरे सम्पादन रहेको छ । भिडियोमा युवराज वाईवाको निर्देशनमा जेबिका कार्की अनि आकाश श्रेष्ठको अभिनय रहेको छ ।
यसैगरि यो गीतको डुओईट कभर गीत प्रतियोगिता पनि हुने भएको छ । यो गीतमा १० उत्कृष्ट गीतलाई छनौट गरिने छ भने बिजेतालाई रु दस हजार पुरस्कार प्रदान संग संगै डुओईट अडियो गीत पनि निर्माण गरिने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend