साझा नेटवर्क
साझा नेटवर्क ।
अनुश्का शर्मा वलिउडमा स्थापित नाम हो भने कलिउडमा संघर्षरत नाम हो । यद्यपी कलिउडकी अनुश्काको अभिनय वलिउडमा काम गर्ने अनुश्काको अभिनयलाई मात खुवाउने खालको छ । सानैदेखी नायीका हुने लक्ष्य राखेकी पोखरेली चेली अनुश्का आजभोली वुटवल वस्छिन् ।
वुटवलवाटै फिल्ममा काम गर्दै आफ्नो लक्ष्य प्राप्तीमा दिनरात लागिपरिरहेकी छिन् । आज तिनै अनुश्का शर्माको जन्म दिन परेको छ। भब्य तरिकाले आफ्नो जन्म दिन मनाउन भन्दा मन्दिर गएर पुजा पाठ गरेर जन्म दिन मनाउन पाउँदा खुशी लाग्छ उनी भन्छिन। उनी अभिनित चलचित्र हरु को नाम लिनु पर्दा शान, डि कम्पनी, विस्फोट र भोजपुरी चलचित्र दहेज हि दुलन हे मा मुख्य भुमिकामा काम गरेकी छिन भने अरु साईड रोलमा काम गरेका चलचित्रको नाम भन्नेहो भने कसलाई दिउ यो जोवन, भुल भए माफ गर, द फ्ल्यास व्याक, तुलसी, चिनो लगायत हुन ।
अभिनय भन्ने कुरा र यो क्षेत्रको नशाका वारेमा म बताईरहन जरुरत ठान्दिन । यद्यपी मलाई स्कुल तहमा पढ्दादेखीनै फिल्मको नशाले छोईरहेको थियो । फिल्म खेल्छु, नायीका हुन्छु, मोडल वन्छु भन्ने हुन्थ्यो । यद्यपी वन्नका लागी कुनै सडक देखिएन । तर समस्याका पछि समाधान पनि हुन्छ अथवा चाहानेहो भने भगवान पुरा गर्छन भन्ने उखान जस्तै एनटिभी प्लसवाट प्रशारण हुने सिरीयल ‘सत्य रामराम’ मा काम गर्ने अवसर मिल्यो र त्यहीवाट मैले यो यात्रा थालनी गरें ।
सोही सिरीयलवाटै मैले एक्सन कटको कक्षा लिएकी हुँ । उनी भन्छिन। अहिले बुटवल बागेश्वरी मा नित्य कक्षा लिदै गरेकी अनुस्का लाई नित्य मा शिव क्षेत्री ले सघाइ रहेका छन उसो त अहिले आएर उनले गित गाउन पनि सिक्दै छु बागेश्वरी मै भन्छिन। आज भोलि केही हराएको होर भनेर सोध्दा हराएर वसेको चाहि हैन । यो समय सम्म मैले के कति काम गरें, अव कसरी अगाडी वढ्ने आदि ईत्यादी कुराहरुको समिक्षासँगै केही सिप सिक्नुथियो ।
अझ थप शशक्त भएर कसरी लाग्न सकिन्छ भन्ने विषयमा लगभग २ वर्षको हाराहारीको समय खर्चिएकी थिए । अव चाहि पोख्त भएर निस्कीएकी छु है, अब हराउने रहर छैन भन्छिन । चुलबुले र हसिले अनुहार भएकी अनुस्का शर्मा लाई हाम्रो तर्फ बाट पनि जन्म दिनको शुभकामना।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend