logo
  • शनिबार, साउन ३० २०८३

एमाले प्रतिको आक्रोश न्यायलयमा पोखियो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी वैशाख २३ ।
नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण बिष्टले एमाले प्रतिको जनलहर देखेर अत्तालिएकाले केहि दलहरुले स्वतन्त्र न्यायपालिका माथी हस्तक्षेप गरेको बताए । नेकपा एमाले इस्मा गाउँपालिकाको चुनावी आम सभालाई संबोधन गर्दै धैर्यताका साथ मत सुरक्षित गर्न एमाले सचिव गोकर्ण बिष्टले कार्यक्रर्तालाई आग्रह गरेका छन् ।
देश एमालेमय बन्दै गएपछि त्यो आक्रोस पोख्न कांग्रेस माओवादी सहितका दलहरुले सिंगो देश र राजनितीलाई दुर्गन्धित बनाउँदै लगेको बताए । अझै पनि देशमा चुनाव हुन नदिन अनेकौ जाल झेल र एमालेप्रति घेराबन्दि भएकाले देशको स्वाभिमान र राष्ट्रियताका पक्षमा एमालेलाई सहयोग गर्न बिष्टले आग्रह गरे । नेकपा एमालेले पार्टी भन्दा माथी देश र जनतालाई ठानेका कारण सवै नेपालीको साथ र सहयोग उत्साहका साथ अगाडी बढेको बताए ।
नेता बिष्टले जनतामा आएको एमाले मोह प्रति केहि पार्टीले अत्तालिएर मोर्चाबन्दी गरेको आरोप लगाए । ‘देशको राष्ट्रिय स्वाधिनताका पक्षमा एमालेले धेरै जोखिम मोलेको छ,’ बिष्टले भने,‘ त्यसैले कांग्रेस माओवादी केन्द्र सहितका केहि पार्टीले एमाले बिरुद्धमा मोर्चाबन्दी गरिरहेका छन् ।’ ‘अहिले देशको सम्मान र स्वतन्त्रतामा प्रहार भैरहेको छ,’ उनले भने,‘ मुलुकमाथि भैरहेको षड्यन्त्रका विरुद्ध एमाले लागिरहेको छ ।’
त्यस्तै एमाले नेता कमलराज श्रेष्टले देशमा राम्रा काम गर्ने मान्छेलाई बौलाहाका संज्ञा दिने चलन भएकाले एमालेले महत्वपुर्ण कार्यक्रम ल्याउँदा अरु पार्टीले पनि एमाले बौलायो भन्नु त्यहि भएको बताए । दुई बर्ष अधि संझौता गरेका पोल र कर्मचारीलाई बाटो छेकेर कांग्रेसले नौटंकी तमासा देखाएको बताए । गाउँमा पैसा, पाइप र आफ्नै प्रतिष्ठा समेत बेचेर पनि चुनाव जित्ने दाउमा अरु पार्टी भएकाले त्यस्तालाई कठालोमा समातेर जनतामाझ चिनाउन कार्यक्रर्तालाई आग्रह गरे ।

डेढ सय जना एमालेमा प्रवेश

नेकपा एमालेको चसनावी आम सभामा विभिन्न पार्टी परित्याग गरि डेढसय जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेको चुनावी अभियान अन्तरगत इस्मा गाउँपालिकाको मैदानमा भएको आम सभामा एमाले सचिव गोकर्ण बिष्टले प्रवेश गर्ने सवै जनालाई स्वागत गरेका छन् ।

कार्यक्रमलाई संबोधन गर्दै नेता बिष्टले राष्ट्रियताका पक्षमा एमालेको झण्डा भित्र गोलबन्द हुने सवैलाई धन्यबाद दिएका छन् । साथै सोहि सभामा सांसद बिष्टले जिल्लाका थुप्रै स्थानमा बिकास निर्माण कार्यान्वयन भैरहेकाले गुणस्तरियता र प्रभावकारीताका पक्षमा खबरदारी गर्न सम्पुर्णलाई आग्रह गरे । सवै योजना सम्पन्न हुँदा जिल्लाको मुहार फेरिने भएकाले ढुक्कका साथ जनताहरु एमालेमा प्रवेश गर्ने क्रम जारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend