logo
  • शनिबार, असोज १० २०८३

आर्थिक अभावका कारण जिवन रक्षाको लागि सहयोगको अपिल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार, गुल्मी  वैशाख २३।
गम्भीर रोगको उपचार गर्न आफु संग आर्थिक अभाव भए पछि गुल्मी हस्तीचौर गाउाका ५५ वर्षिया शिवलाल बिकले सवैसँग जिवन रक्षाको अपिल गरेका छन्।
हालको ईस्मा   गाउँपालिका वडा नम्वर २ साविकको पनि हस्तीचौर २ हर्पुकोटका बिकलाई केहि दिन अघि एक्कासी प्रेशरले हानेर टाउकोमा रगत जमे पछि काठमाण्डौको विरअस्पतालमा भर्ना गरिएको थियो।हाल सम्म सोही अस्पतालमा भर्ना भएका बिकको अप्रेशन गर्न पााच लाख भन्दा बढि रकम लाग्ने भए पछि आर्थिक अभाव भएको उनको उपचारमा सहयोग गरी रहेका हस्तीचौरका समाज सेवी रामकुमार विष्टले बताए।

विष्टले भने हामी केहि हस्तीचौरवासीले करिव ३ लाख जुटाएर उपचार गर्दै छौ तर थप साढे दुई लाख जति अपुग भएकोले सञ्चार माध्यम मार्फत सवै सँग सहयोगको अपिल गर्नु परेको हो । उनका अनुसार बिकको पुरै घरवास वेचे पनि उक्त रकम जुटाउन नसक्ने आर्थिक अवस्था रहेको छ।

वर्षऔं देखि आर्ने कामबाट हस्तीचौरवासीको सेवा गरेका विकले टेलिफोनमा भने‘ मेरो ज्यानले सकेसम्म हस्तीचौर वासीको सेवा गरेकै हुन त्यही गुन सम्झेर भए पनि म देश विदेशमा रहेका हस्तीचौवासी संग मेरो ज्यान बाचाई जम्ले हात गर्न चाहान्छु।

’उनको जिवन रक्षार्थ नेकपा एमाले हस्तीचौरले पनि सहयोग संकलन अभियान सुरु गरेको ईस्मा गाउापालिका उपप्रमुख उमेदवार विमला केसीले जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend