logo
  • शनिबार, साउन ३० २०८३

नेपाल स्पाइनल कर्ड इन्जुरी सङ्घको “पाचौ पारा पौडी खेल प्रतियोगिता” सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दामोदर दाहाल, काठमान्डौ वैशाख २१।
जोरपाटीको पिस बन्केट भित्र रहेको स्विमिङ पुलमा नेपाल स्पाइनल कर्ड इन्जुरी सङ्घका खेलाडीहरुले भरपुर मनोरञ्जनका साथ पौडी खेल सम्पन्न गरेका छन। नेपाल सरकारका युवा तथा खेलकुद मन्त्रलायका सचिब महेश दाहालको प्रमुख आथित्यमा भएको उक्त खेलमा ३० जना अपांग प्रतियोगीको सहभागिता रहेको थियो ।
उक्त खेल हेर्नको लागि स्थानीयवासीहरुको घुइचो थियो भने खेल मैत्रीपूर्ण रुपमा सम्पन्न भएको थियो, खेलाडीको मनोबल बृदी गर्न खेलकुद सचिबले सबै खेलाडीलाई मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद सङ्घ जोरपाटीले यस्ता अपाङ्गता भएका ब्यक्तिहरुबीच समय-समयमा बिभिन्न किसिमका खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ।
विशेष गरेर स्पाइनल इन्जरी भएका ब्यक्तिहरु सहभागिता हुने हुनाले यस पौडी खेललाई संघले महत्वपूर्ण खेलको रुपमा अगाडी बढाउन उक्त कार्यक्रमको आयोजना गरिएको हो। अपाङ्गता भएका ब्यक्तिहरु पनि हरेक कुरामा सक्षम हुन्छन अपांगता भनेर कमोजर सोच्नु हुदैन भन्ने अभिप्राय र उनीहरुको सामाजिक, मानसिक, शारीरिक तथा आर्थिक रुपमा मनोबल बढाउन सबैले साथ र सहयोग आबस्यकछ भन्ने खालको जनचेतना पनि यस्ता प्रतियोगिताले आम नागरिकमा पुर्याउछ ।

नेपाली खेलाडी तथा खेलको प्रवर्धन र विकाशमा अझ टेवा पुर्याउने छ। अपाङ्गता भएका ब्यक्तिहरु मध्ये ह्वीलचेयर बास्केटबल तथा पौडी खेल लोकप्रिय खेलको रुपमा रहेको छ।सङ्घकी अध्यक्ष अध्यक्ष गायत्री दाहाल स्वयम् पनि स्पाइनल इन्जुरीबाट पीडित छिन । बाह्र वर्षको उमेरमा पिङ खेल्ने क्रममा झर्दा उनलाई स्पाइनल इन्जुरी भयो जसका कारण उनी ह्विलचियरको भरमा बाँच्न बाध्य भइन। त्यही क्रममा उनमा बास्केटबल खेल्ने सोच पलायो ।

उनले भनिन् – “हामी सात जना अपाङ्गता भएका व्यक्ति बाट सुरु गरेको सस्थामा अहिले कार्यसमिति भित्र ९ जना छौ। एकापसमा सल्लाह गरेर हामीले सङ्घ खोल्यौँ अनि अहिले सबैलाई एकीकृत गर्दै जाँदा अहिलेको टिमसम्म आइपुग्यौँ । अहिले बास्केटबलको लागि ६ टिम पुरुष तर्फ छ भने महिला तर्फ ४ टिम रहेको छ, “सुरुवातका दिनमा हामीले खोलेको सङ्घका बोर्ड सदस्य भित्रै एकापसमा मिलेर टोली बनायौँ, पछि विस्तारै अन्तर्राष्ट्रिय खेल खेल्न सक्ने खेलाडी बनायौँ” – उनले सुरुवाती दिनको स्मरण गर्दै भनिन् ।

सङ्घले केही दाताको सहयोगमा अपाङ्गता भएकाबीच खेलकुद प्रतियोगिता गराउने र अन्तर्राष्ट्रिय खेलकुदका लागि खेलाडी तयार गर्ने काम पनि गर्दै गरेको साझा नेटवर्कलाई सुनाइन । नेपालभर स्पाइनल कर्ड इन्जुरीबाट पीडित कति छन् भन्ने यकिन तथ्याङ्क उपलब्ध छैन। अहिले सङ्घमा भने ७० जना खेलाडी आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend