logo
  • शनिबार, साउन ३० २०८३

इस्मा मैदानमा एमाले सभा : कमलले हसाउने बद्रीले नचाउने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल, गुल्मी वैशाख २०।
नेकपा एमाले इस्मा गाउँपालिकाले बैशाख २३ गते इस्मा मैदानमा बृहत आम सभा गर्ने भएको छ। नेकपा एमाले इस्मा गाउँपालिकाको बुधबार बसेको बैठकले केन्द्रिय तथा जिल्ला स्तरिय नेताहरुको आयोजनामा आम सभा गर्ने निर्णय गरेको छ । आम सभालाई नेकपा एमालेका केन्द्रिय सचिव तथा सांसद गोकर्ण बिष्ट तथा एमाले नेताहरु कमलराज श्रेष्टले बिशेष संबोधन गर्ने कार्यक्रम रहेको इस्मा गाउँपालिकाका सहसंयोजक लक्ष्मण बिष्टले जानकारी दिनुभयो ।
इस्मा गाउँपालिकाको प्रमुखका उमेदवार समेत रहनुभएका नेता बिष्टले बैशाख २३ गतेको आमसभालाई बिशेष रुपमा हेरिएकाले उपस्थित हुन इस्मा तथा छिमेकी गाउँपालिकाका कार्यक्रताहरुलाई आग्रह गर्नुभयो । साथै कार्यक्रमलाई भव्य बनाउन लोक दोहोरी गायक बद्री पंगेनी, बैकुण्ठ महत र बाबुराम आउने कार्यक्रम रहेको गाउँपालिकाका सचिव नारायण पैयानीले बताउनुभयो । त्यस्तै आम सभाको अघिल्लो दिन बैशाख २२ गते ६ वटै वडाहरुमा मोटरसाइकल र्‍यालीको आयोजना बैठकले गरेको पैयानीले बताउनुभयो ।बैठकले र्‍याली व्यावस्थापनको जिम्मा युवा संघ इस्मा गाउँपालिकाका अध्यक्ष रामु गिरीलाई दिएको छ । कार्यक्रम इस्मा गाउँपालिकाका सहसंयोजक लक्ष्मण बिष्टको अध्यक्षता, नेकपा एमाले केन्द्रिय शिक्षा विभाग सदस्य लिलामणी पोख्रेलको बिशेष आतिथ्यता तथा इस्मा गाउँपालिकाका सचिव नारायण पैयानीका संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बिशेष अतिथी पोख्रेलले स्थानीय निकाय चुनावमा एमालेका समग्र स्थिती र भावी योजना तथा इस्मा गाउँपालिकाको उपप्रमुखको उमेदवार विमला केशीले स्थानीय चुनाव र महिला सवालका बारेमा आफ्नो धारणा राख्नसभएको थियो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य दल बहादुर विक, तोयनाथ सापकोटा, जिल्ला सल्लाहाकार सदस्य कलानिधी भण्डारी, क्षेत्रिय उपाध्यक्ष जगत केशी, सचिवालय सदस्य राम बहादुर बिष्ट लगाउतको सहभागीता रहेको थियो । बैठक पछि आयोजना गरिएको परिचयात्मक कार्यक्रममा सचिवालयले गरेका निर्णयहरु सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend