साझा नेटवर्क
अनिल खत्री गुल्मी, वैशाख २०।
स्थानिय तह निर्वाचनले भारतिय सेनाबाट अबकास प्राप्त भु.पु.सैनीकहरुका लागी बितरण गरिने पेन्सन क्याम्प समय तालिका पुन: हेरफेर भएको छ। भारतका बिभिन्न सेना तथा बिभिन्न सरकारी सेवाबाट अवकाश प्राप्त भुपुहरुलाई बितरण गरिने पेन्सन क्याम्पको तालिका गुल्मीका बैशाख २८ गतेबाट बितरण गरिने भएको जिल्ला शैनिकबोर्ड गुल्मीले जनाएको छ।
गुल्मीमा पुरानै तोकिएकै मिति बैशाख २८ गते देखि जेठ ९ गते चल्ने जिल्ला शैनिक बोर्ड गुल्मीका सेक्रेटरी बिष्णुकुमार थापाले जानकारी दिए ।अबकाश प्रप्त भुपुलाई प्रत्येक वर्षको ६/६ महिनामा बितरण गरिदै आएको पेन्सन बितरण गरिदै आएको छ।
सदरमुकाम तम्घासमा बितरण हुने गुल्मी जिल्ला लगायत बाग्लुङ्ग, अर्घाखाँची ,प्युठान लगायतका ठाउाका भुपुहरु करिव ७ हजार भन्दा वढीले पेन्सन क्याम्पमा बुझ्ने थापाले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend