साझा नेटवर्क
तनहुँ , बैशाख १८।
गायक यामसागर बिक र नवगायिका सर्मिला लम्सालको लोकदोहोरी गीत तिम्रै चर्चा छ रे सार्वजनिक भएको छ । हिम सम्झौता डिजिटलको युट्युब चयानलमार्फत सार्वजनिक गीतको लय तथा शब्द सिर्जना गायक यामसागरकै छ ।
गीतका श्रीमान श्रीमति शंकाले उत्पन्न गराउने परिस्थितिलाई चित्रण गरिएको छ । तनहुँका गायक बिकको यस अगाडी पनि केही गीतहरु बजारमा आईसकेका छन् । गायिका लम्सालको भने यो पहिलो प्रस्तुति हो । लम्साल तनहुँ जिल्लामा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जकी कार्यक्रम प्रस्तोता हुन् ।
पहिलो गीत बजारमा ल्याएकी सर्मिलाको लोक संगीतको क्षेत्रमा निरन्तर लागी रहने योजना छ । उनी भन्छिन् – गीत सार्वजनिक भए पश्चात झनै हौसला मिलेको छ,सबैबाट राम्रो प्रतिकृया पाएकी छु ।
एकिन्द्र सारा शंकरको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा सारिका केसी, प्रतिक सिंह र पुजा घर्तीको अभिनय देख्न सकिन्छ । हरिनारायण चौधारीले खिचेका दृश्यहरुका सम्पादक अमर शाक्य हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend