logo
  • शनिबार, असोज १० २०८३

बलेटक्सार समाजको स्थापना दिवश अनाथ आश्रममा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गोकर्ण प्रकाश ज्ञवाली, रुपन्देही वैशाख १८ ।
गुल्मी बलेटक्सार रुपन्देही सम्पर्क समाजले आफ्नो स्थापना दिवश अनाथ तथा असहाय बालबालिकासंग मनाएको छ । समाजले तिलोत्तमा ६ रुपन्देहीस्थित आत्मशान्ति अनाथ आश्रममा विशेष कार्यक्रम गरी आश्रम रहेका बालवालिकालाई कपि, कलम, खाध्यान्न, छाता लगायत सामग्री वितरण गरेको समाजका सचिव हेम थापाले बताएका छन् ।
कार्यक्रममा समाजका अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षता, आश्रमकी संचालिका मैनादेवी भण्डारीको प्रमुख आतिथ्यता र समाजका सचिव हेम थापाको संचालन रहेको थियो । आश्रम संचालिका भण्डारीले आश्रममा रहेका ६ वालवालिकाको संरक्षणको लागि विभिन्न संघ संस्था, ब्यक्ति विशेषबाट प्राप्त आर्थिक, भौतिक सहयोगले अघि बढिरहेको बताईन ।

उनीहरुको कल्याणको निम्ती एक करोडको अक्षय कोष निर्माण गर्ने लक्षसहित आफू अघि बढिरहेकोले आर्थिक सहयोगको लागि पनि उनले सबैसंग आग्रह गरेकी छन् । समाजका अध्यक्ष नारायण ज्ञवालीले बलेटक्सार समाजको धेय नै समाज सेवा भएकोले पहिलो स्थापना दिवश आश्रममा पुगेर मनाएको बताए ।

गतसाल अग्निपिडितलाई राहत बितरण गर्ने कार्यसंगै एकजुट भएका बलेटक्सारेलीहरुले वृहत भेला तथा भेटघाट, रक्तदान, बृक्षरोपण, एसएलसी उत्कृष्ट सम्मान, वयोवृद्ध सम्मान, वृहत तिजमिलन, भित्तेपात्रो ०७३ तथा ०७४ प्रकाशन जस्ता कार्यक्रम सम्पन्न गरिसकेको ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend