साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा ।
नेपालको कुल जनसंख्या मध्ये सबैभन्दा धेरै जनसंख्या रहेको खस क्षत्री सेवा समाजले कतारमा तेश्रो साधारण सभा सम्पन्न गरेको छ । सभाले खगेन्द्र कार्की अध्यक्षमा दुई महिला सदस्य सहित २१ सदस्यिय नया कार्यसमिती सर्वसम्मत मनोनित गरिएको थियो ।
नयाँ कार्यसमितिका अन्य पदाधिकरिहरुमा प्रथम उपाध्यक्ष बिश्वबन्धु थापा, दितिय उपाध्यक्ष धन बहादुर कार्की, महासचिव ( रामजी खत्री, सचिव श्याम डी सी, कोषाध्यक्ष प्रकाश कार्कि रहेका छन् । सदस्यहहरुमा द्रोण कार्की, हेम बहादुर बस्नेत, रमेश चुहान, बुद्व पाण्डे, गोबिन्द कटुवाल, भरत के सी, मनोज कार्की, श्याम ज्योती बोहोरा, बिनोद महत, सपना कार्की, माया कार्की रहंदा पदेन सदस्यमा कटुवाल समाज तथा बस्नेत समाजका गोपाल कटुवाल राजु बस्नेत छन् । बाँकि खाली रहेको पदलाई भने समितिको बैठकले पद पूर्ति गर्ने भएको छ ।
तेस्रो अधिवेशनलाई सर्वसम्मत चयन गराउन निर्वाचन संयोजकको जिम्मेवारी हंसराज ढकाललाई दिएको थियो । उनले आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा बहन गर्दै निर्वा्चित सम्पूर्ण पदाधिकारीहरुलाई सपथग्रहण समेत गराएका थिए । सस्थाका प्रथम उपाध्यक्ष खगेन्द्र कार्कीले स्वागत मन्तब्य राख्दै शुरु गरिएको थियो । उनले दोहा भरि छरिएर रहेका खस क्षेत्रीहरुलाई एउटा पारिबारिक जमघट, सामाजिक सेवा सहकार्य गर्ने हेतुले खोलिएको सस्था भएको स्पष्ट पारे ।
कार्यक्रमका प्रमुख अतिथि कार्कीले सस्थालाई बिधि र पद्धती बाट अगाडी लगियो भने सफल हुने कुरामा जोड दिए । उनले आफ्नो सस्कार र सस्कृति जोगाउन समाज अबद्द सम्पूर्णलाई समेत आग्रह गरे । कार्यक्रममा उपस्थित अन्य सम्पुर्ण अतिथिगणहरुले समाजले गरेका कार्यहरुको चर्चासंगै नयाँ बन्ने समितिलाई अग्रिम शुभकामनाका साथ आपसी सहयोग र सहकार्यका लागि प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सस्थाका अध्यक्ष रेसम वस्नेतको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएन आइसीसी सल्लाहकार टिवी कार्कीको प्रमुख आथित्यता रहेको थियो । अन्तमा सभापतिले असल समाज निर्माणका लागी घर भित्रबाट नै शुरु गर्नुपर्ने बताउदै सहयोग गर्न सक्ने र प्रवासमा बचेको समयलाई सहि सदुपयोग गर्न समेत सुझाव दिदै कार्यक्रमको समापन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend