साझा नेटवर्क
काठमाडौं, वैशाख १८ ।
यो कस्तो निर्वाचन पत्रकारको ? हस्तक्षेप केन्द्रको ? पत्रकार महासंघ केन्द्रिय कार्यालयमा फेरि तालाबन्दी । वैशाख ८ गते काठमाडौं शाखाको निर्वाचन भयो । १० बराबर एक पार्षद हुनुपर्नेमा ८७८ मत खस्दा कसरी १३८ पार्षद बन्न सफल भए, यसको जवाफ केन्द्रीय सभापतिले माग गरेनन् ।

किनभने जिल्ला सभापति र केन्द्रीय सभापतिले भागबण्डा गरेर नक्कली सही गरे, मरेका र विदेश गएका, आउँदै नआएका मतदाताको आफैले सही गरेर पार्षद बनाए । ८ गतेको पार्षद निर्वाचनको नतिजा १५ गते प्रकाशित गरियो । यो नतिजा आफैमा कालो नतिजा हो । पदाधिकारीको निर्वाचनमा चौतारीले गर्नुसम्मको झेल ग¥यो र आफ्ना उमेदवार जितायो, प्रेस युनियन र प्रेस सेन्टर हेरेको हे¥यै भए ।
युनियनका पत्रकार कस्ता देखिए भने सबै पार्षद आफ्नै लोग्नेस्वास्नी, बाउछोरी, नातेदारलाई चाहिने । जसले सदस्यहरु नै लगेर असली सही गरेर १० जनाको सहीछाप सहित फर्म बुझायो, उसलाई कि त पार्षद नै बनाइएन, कि त प्रदेशको पार्षद बनाइयो । यँहा भन्दा लाजमर्दो के होला ? के यसको छानबिन होला ? यहि हो पत्रकार शुद्धिकरण महेन्द्र विष्ट जी ?
काठमाडौं सभापति र निर्वाचन आयोग कतिसम्म इन्द्रजाली देखिए भने फर्म नै नबुझाएकालाई पनि पार्षद बनाए, जसले हजार तिरेर नियमित फर्म बुझाए, तिनीहरुको नामै काटियो अथवा केन्द्रको पार्षद माग्दा प्रदेशमा धकेलिदिए । योभन्दा नैतिकहीन काम अरु के होला ? यस्ता पत्रकारले लोकतन्त्रको गुड्डी हाँक्न मिल्छ कि मिल्दैन ।
जेठ २० गते नेपाल पत्रकार महासंघ, केन्द्रीय पदाधिकारीको निर्वाचन भनिएको छ । यसमा सभापति देउवाले समीरजंग राणालाई टिक लगाएका छन्, कांग्रेसी नेता मीनेन्द्र रिजालले अनिता विन्दुलाई । पोषण केसी, रामप्रदास दाहाल, रामजी दाहालहरु पनि मच्चिएका छन्, को थच्चिन्छ भन्न सकिन्न ।
जिल्लामा प्रेस सेन्टर र युनियनवीच एलाइन्स हुँदा युनियनका साथीहरुले आफ्ना परिवारजनलाई समेत मतदान गर्न ल्याएनन् भने चौतारीले दिएको १५ हजार, ७ हजारको पुरस्कार खाएर चौतारीतिरै डकार्नेहरु पनि देखिए । प्रेस सेन्टरका र युनियन समर्थकले चुनाव हारे । केन्द्रको चुनावमा प्रेस सेन्टरले युनियनलाई पनि त्यस्तै चरित्र देखाइदियो भने नतिजा फेरि पनि चौतारीकै झोलिमा जाने पक्का छ ।
जिल्लाकै निर्वाचनमा माओवादी र कांग्रेसलाई सुताइयो भनेर चौतारीले गिल्ला गरिदियो र पार्षदमा पनि हालीमुहाली जंगे हुकुम चलायो । पत्रकार महासंघ काठमाडौं शाखामा ताला । यही ताल र चाल हुने हो भने युनियनको गति जिल्लाको भन्दा भिन्न होला र ? चाहिने नैतिकता हो, युनियनले पोलेर खाएजस्तो छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend