साझा नेटवर्क
बिष्णु अधिकारी, कतार।
गित सङ्गितको क्षेत्रमा अाफ्नो छुट्टै पहिचान बनाउनु भएका चर्चित गायक राजन ठकुरीले अाफ्नै शब्द, सङ्गित र अावाजमा तयार पारिएको निकै रमाइलो र दुर्लभ हुनलागेको “कौरा” साईलि बोलको गित सार्वजनिक भएको छ ।
उक्त गितमा राजन ठकुरीलाई महिला अावाजमा बिष्णुमाया गुरुङले साथ दिनु भएको छ । गुरुअामा फिल्मसको ब्यानरमा स्मृति तिमल्सिनाको निर्देशन, दुर्गा पौडेलको छ्याङ्कन, दिपक बिष्टको सम्पादन, बिवस ठकुरी र रिना थापाको उत्कृष्ट अभिनयमा तयार परिएको म्युजिक भिडियो सहित गितलाई हमाल म्युजिक प्रा.लि.ले बजार ब्यबस्थापन गरेको छ ।
गित अत्यन्तै राम्रो र दुर्लभ भाका भएको हुदा दर्शक स्रोताहरुले अत्यान्तै माया गर्नु हुनेछ भनेर पुर्ण अासाबादि रहेको हमाल म्युजिकका प्रबन्धनिर्देशक सज्जन हमालले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend