साझा नेटवर्क
काठमाडौं,बैशाख १७।
धादिङ समाज जापान द्वारा नयाँ वर्ष शुभकामना आदनप्रदान तथा म्यूज़िक भिडियो सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ। प्रदेशी नामक म्यूज़िक भिडियो सार्वजनिक धादिङ्का सञ्चार कर्मी तथा संगितकर्मी श्याम शीतलको नयाँ साँगितिक सिर्जना ‘प्रदेशी’ बोलको म्यूज़िक भिडियोको सार्वजनिक भएको छ।
केहि वर्ष देखि जापानमा रहँदै आएका शीतलको गीतमा आम प्रदेशीहरुको पिडा र यथार्थहरु समेटिएको छ ।उनका एक दर्जनभन्दा बढी लोकप्रिय गितहरु बजारमा आईसकेका छन् । समाजका अध्यक्ष,कृष्ण खनालले हरेक सुख र दुखमा साथ सहयोग गर्न धादिङ् समाज जापान खटिरहने प्रतिबद्दता समेत ब्यक्त गरेका छन् ।
जापानका लागि नेपाली पर्यटन दुत अनुज थापाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए जापानका सल्लाहकार शालिकराम भण्डारी,एनआरएन जापानका सचिव बुद्दिराज घिमिरे,प्रवासी मञ्च जापानकी सचिव जीवन अर्याल ,प्रवासी मञ्च जापान कान्तो कमिटीका अध्यक्ष सुजन पन्त,लगाएत अन्य बाक्लो उपस्थिति रहेको थियो ।
यसै गरि युनिभर्सल एण्ड युनाइटेड नेप्लीज फेडेरेसन जापानका अध्यक्ष सिदार्थ श्रेष्ठ ,धादिङ समाज जापानका सल्लाहकार राजेन्द्र श्रेष्ठ,पाल्पा समाज का अध्यक्ष निराजन गैरे लगायत जापानवासी धादिङेहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रम सस्थाका सचिव बिमल श्रेष्ठले संचालन गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend