साझा नेटवर्क
संगिता कुवँर, टोकियो ।
भुकम्प गएको २ बर्ष बितिसक्दा सरकारबाट पुर्न निर्माणको काम ढिला भईरहेका बेला तिनओटा बस्ति निर्माण गरेर सामाजिक अभियान्ताको नाम कमाईसकेका हास्यकलाकार धुर्मुस सुन्तली टोकियो आईपुगेका छन् । भुकम्प पिडितको घर बनाउने अभियानका क्रममा तेस्रो बस्ती हस्तातन्तरण गरिसकेका उनिहरु फेरि सामाजिक अभियानको लागी सहयोगको अपिल गर्दै टोकियो आईपुगेका हुन् ।
सनराईज प्रोडक्सनले आयोजना गरेको धुर्मुससुन्तलि भाउन्डेसन सहयोगार्थ ‘धुर्मुस सुन्तली साझ २०१७’आईतबार टोकियोको नाकोनो जेरो हलमा हुदैछ । समाजमा उर्जा थप्ने जोडी अब हिमाल ,पहाड र तराई चनाउने नेपालीको भाषा पहिचान दिने संग्रालय बनाउन अभियान सुरु गर्नेछन् । सरकारबाट काठमाण्डौ नजिकै पाचँसयदेखि हजार रोपनी सम्मको जग्गापाउन सकेँ ठुलो सहयोग हुने समेत बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलना बोल्दै’ हामी यस्तो संग्रालय बनाउन चाहान्छौ । जहाँ हरेक हिमाली पहाडी र तराईका सिंगो नेपालीको पहिचान दिन सकियोस।’ अन्जना घिमिरे(सुन्तली)ले भनिन ‘हामी बिदेशमा रहेका नेपाली बालबालीकालाई पहिलो पर्यटक बनाउन सकियोस। काम खोज्दै बिदेशमा भौतारिन नपरोस ‘ । आखाँमा भरिएका आशुँ लुकाउदै। जहाँ बिरामी हुदा झारफुक गर्छन् । स्कुल र पढाई भनेको केहो नै थाहा छैन् । त्यस्तो ठाउँमा पुगेर बस्ती बसायौँ ।
जापान बासी नेपालीलेबाट पनि सहयोगको अपेक्षा गर्छौ’। त्यस्तै सिताराम कट्टेल धुर्मुसले ‘ अब हामी चुप बस्न सक्दैनौ र मनले मान्दैन हामी सबै ठाउँ बस्ती बसाउने भन्दा पनि देशको लागी चाहाना भयो भने सकिन्छ भन्ने लहर ल्याउने हो । यसमा सबैको साथ चाहिन्छ ।’ कार्यक्रममा आवाजको दुनियाँको साथी भनेर चिनिएका दिनेश डिसी कार्यक्रम संचालकको भुमिकामा रहनेछन् । भने गायक दिपक बज्राचार्य र हास्यकलाकार दिपक आचार्यको पनि प्रस्तुति रहनेछ ।
कार्यक्रमको अन्तिम तयारी सकिएको जानकारी गराउदै सामाजिक अभियान्तालाई सहयोग र सम्मालका लागी सहभागी हुन जापानबासी नेपालीमा सनराईज प्रोडक्सनका प्रबन्धक हरि सापकोटाले अनुरोध गरेका छन् । पत्रकार सम्मेलनको संचालन सनराईज प्रोडक्सनका अध्यक्ष रबिन्द्र गोर्खालीले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend