logo
  • शुक्रबार, असोज ९ २०८३

हाम्रो भाका मन पर्यो तर जात मन परेन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क ।
आजको २१ औ शताब्दी सम्म आइ पुग्दा हाम्रो सामाज छुवा छुतको घेरादेखि टाढा हुन सकेको छैन । यहाँ छुवाछुत अन्त्य हुनुपर्छ भनेर NGO तथा INGO हरुले मनग्य सहयोग नकुम्ल्याएको पनि होइन तर हाम्रो समाज अझैपनि छुवाछुतको जंघार देखि बाहिर पूर्ण रुपमा आउन सकेको छैन ।
दलित भएकै कारणले गाउघरमा मात्रै होइन सहर बजारमा बस्नेहरुले समेत सास्ती भोगुनु परेको इटहरीमा भेट भएका एकजना गाइने बताउछन । आफुहरु दलित भएकै कारण कोठा भाडा समेत पुन मुस्किल पर्ने साथै घरबेटीले कुन जात हो भनेर सोधेपछि आफुले आफ्नो थर बताए पछि विभिन्न बहाना बनाएर खालि भएको कोठा पनि छैन। गयो, यो त्यो भनेजस्तो बहाना बनाएर आफुहरुलाई आफु दलित भएकोमा समाजले हेर्ने नजर परिबर्तन नभएको देख्दा आफु दुखि भएको बताउछन ।

अर्को एकजना गाइने जो बर्सौ देखि इटहरी र धरानमा गाइने पेसामा लाग्ने दिल बहादुरको पनि आफ्नै पिडा छ । उनि थप्दै भन्छन हामीले गीत गाउदा हाम्रो भाका मन परेर झुमिनेहरु हामि नजिक पुग्दा नजानिदो पाराले दलितको व्यवहार गर्दा दुख लाग्छ । होटल रेस्टुरेन्ट, पार्टी पौवा कुनै भब्य समारोहमा हामीलाई दलित भएकै कारणले फरक नजरले हेर्ने भएकोले गर्दा पनि हाम्रो लागि सरकार मुक दर्शक भएको महसुस भएको बताउछन । यो समस्याको समाधान् कहिले ??

हेरौ तिनै गाइनेले गाएको सुरिलो भाका।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend