साझा नेटवर्क
टोपलाल अर्याल गुल्मी,बैशाख १५ ।
जिल्ला प्रसासन कार्यालय गुल्मी र खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले संयुत्त संयुक्त बजार अनुगमन गरेको छ । टोलीले जिल्लाका होटल तथा किराना पसलहरुको अनुगमन गरेको हो ।
सदरमुकाम तम्घासका ४ होटल र ६ किराना पसलहरुमा अनुगमन गरिएको खाद्य अनुसन्धान अधिकृत बिक्रम लिम्बुले बताए। टोलीले नमुना परिक्षणका लागि १६ थान विभिन्न सामाग्री समेत लिएको छ।
परिक्षणपछि कैफियत भेटिए खाद्य ऐन अनुसार कार्बाहि गरिने लिम्बुले बताए।अनुगमनका क्रममा सदरमुकामकै होटलहरु पनि फोहोर रहेको,किराना पसलहरुमा लेबलिङ नभएका तथा म्याद गुज्रिएका खाद्य बस्तुहरु राखेको भेटिएको जिल्ला प्रसाशन कार्यालयका प्रसासकिय अधिकृत भत्तिराम मरासिनीले बताए। उनीहरुलाई अहिले सचेत बनाइएको तथा त्यो अवस्था दोहोरिएमा कडा कार्बाहि गरिने मरासिनीले बताए।
अनुगमनपछि खाद्य प्रविधी तथा गुणा नियन्त्रण कार्यालयको टोलीसंग अन्तरक्रिया गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले कम्तिमा महिनामा एक पटक अनुगमनका लागि जिल्ला आउन आग्रह गरे। साथै परिक्षणका लागि लिएका नमुनाको रिर्पोट तत्काल सार्वजनिक गरि दोषीलाई कार्बाहि गर्न आग्रह गरे।
कार्यालयलाई सुझाव दिर्दै सरोकारवालाले नियन्त्रण कार्यालयले जिल्लाको बजार अनुगमन समितिलाई थप शसक्त बनाउन तालिमको आवश्यकता रहेको बताए थिए।
अनुगमन टोलीमा जिल्ला प्रसासन कार्यालय,उद्योग बाणिज्य संघ,होटल व्यावसायी संघ,उपभोक्ता हित संरक्षण मञ्च,नेपाल प्रहरी,नेपाल पत्रकार महासंघका प्रतिनिधीको सहभागीता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend