साझा नेटवर्क
कमल सरगम, काठमाण्डौ ।
नेपाली सांगीतिक जगतका चर्चित गायक कुलेन्द्र बिश्वकर्मा, चर्चित सर्जक तथा गायक खेम सेन्चुरी र नव गायिका जानुका तामाङ्को आवाजमा रोहित मल्ल र आयुस अनु पुनको संयुक्त प्रस्तुति बहुप्रतिक्षित लोकदोहोरी गीत “दर्शन ढुंगा”बजारमा आएको छ ।
गीतमा पुरुस आवाज भित्र २/२ टुक्कामा फरक फरक आवाज सुन्न सकिन्छ । गीतमा लय रोहित मल्लको रहेको छ भने शब्द आयुस अनु पुनको रहेको छ । नयाँ भएर पनि निकै प्रोफेसनल मिठो आवाज दिएकी गायकी पनको भबिष्य बोकेकि नव गायिका जानुका तामाङको यसमा निकै सुमधुर आवाज सुन्न सकिन्छ ।
सयौ गीतहरुमा लय/शब्द र स्वरबाट आम दर्शक श्रोताको मन जित्न सफल सर्जक तथा गायक खेम सेन्चुरीको आफ्नै कम्पनि सास्कृति म्यूजिक प्रालि मार्फत बजारमा आएको गीतमा अभिनय चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र अनिता बुढाथोकीले गरेका छन भने म्यूजिक भिडियो निर्देशन कपिल लामाले गरेका हुन् ।
करण चैसिरको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् । गीत निकै चर्चाको सिखरमा छ । लाखौ दर्शक श्रोताको मन जितिसकेको यस गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend