logo
  • शनिबार, असोज १० २०८३

भ्रष्टाचार विरुद्ध क्रियाशिल जिल्ला सञ्जाल समितिको बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, गुल्मी बैशाख ११।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक आउटरिच कार्यक्रम अन्तर्गत भ्रष्टाचार विरुद्ध क्रियाशिल संस्थाहरुको जिल्ला सञ्जाल समितिको बैठक सञ्जालका संयोजक श्यामकुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त सञ्जालको बैठकमा आ–आफ्नो संस्थाहरुले भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा हाल सम्म गरेका कामहरुको समिक्षा गरिएको थियो साथै केही समय पछि हुन गइरहेको स्थानिय तहको निर्वाचनको सन्दर्भमा राजनैतिक दलहरुलाई आफ्नो घोषणा पत्रमा भ्रष्टाचार विरुद्ध सुशासनको पक्षका कुराहरुलाई महत्वका साथ ध्यानाकर्षण गराउने निर्णय गरियो ।

उक्त बैठकमा सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेय, कोषाध्यक्ष माहाशर्मा भण्डारी, सल्लाहकार गुणानिधि शर्मा, सल्लाहकार ढुण्डीराज पोखरेल, कार्यक्रम सहायक अञ्जना अधिकारी साथै नेपाल नागरिक समाजको तर्फबाट कृष्ण पोख्रेल, गैर सरकारी संस्था महासंघको तर्फबाट हरी पोख्रेल, गुल्मी उधोग वाणिज्य संघको तर्फबाट ईश्वरी पौड्याल लगाएतको उपस्थिति रहेको थियो । उक्त बैठकको सहजीकरण सुशासन अभियान गुल्मीका सह–सचिव विनोद पाण्डेयले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend