logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा सडक दुर्घटनामा अर्घाखाँचीका भट्टराईको मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्ला सिमल पानी गा.बि.स ९ बाउनटोल निवासी वर्ष ३० का बिष्णु भट्टराईको २० अप्रिल २०१७ का दिन डिउटीको समयमा सवारी दुर्घटनामा परि घाइते भइ उपाचारका क्रममा मृत्यु भएको छ।

भट्टराईको निधनले अर्घाखाँची सेवा समाज कतार परिवार मर्माहत हुदै दुख ब्यक्त गरेको छ। भट्टराईको निधनको खबर प्रति सिङ्गो अर्घाखाँची सेवा समाज शोकमा डुबेको समाजका अध्यक्ष् ठाकुर परियार बताए । समाजले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै सोक सन्तप्त परिवार जनमा समवेदना प्रकट गरेको छ ।

समाजले दिएको जानकारी अनुसार भट्टराई बिगत ७ बर्षदेखि कतारको एक प्रतिष्ठित कम्पनी पिजाहटमा होम डेलिभरीको रुपमा कार्यरत थिए । समाजले आगामी २८ अप्रिल २०१७ का दिन आयोजना गरेको नव वर्ष २०७४ सालको अवसरमा शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम केहि समयको लागि स्थगित गरेको समाजका महासचिव टेकराज थापाले जानकारी गराउदै कार्यक्रमको पुन मिति तय गरि विभिन्न मिडिया तथा सामाजिक संजाल मार्फत सूचना प्रकाशन गरी जानकारी गराउने बताए ।

मृतक भट्टराईको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ ।समाजले शवलाई नेपाल पठाउन पहल गरीरहेको छ । कागजीय प्रक्रिया पूरागरी छिटो भन्दा छिटो शवलाई नेपाल पठाउन कम्पनीबाट पनि आवश्यक कार्य भैरहेको सोहि कम्पनीमा कार्यरत टिक/लोक राईले बताएका छन् । भट्टराईको घरमा श्रीमति र ५ महिनाको छोरा रहेको मृतकका साला सन्दिप बस्नेतले साझा नेटवर्कलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend