साझा नेटवर्क
जीवन पौडेल, बरेङ बैशाख ११।
आईतबार देखी बरेङ बजारबाट बुटवलका लागि सिधा रात्रीकालीन डिलक्स बस सेवा शुरु भएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी संघद्धारा संचालन तथा व्यवस्थापनमा बरेङ गाउँपालीका वडा नम्वर १ बरेङ बजारमा टिकट काउन्टर रहने गरि रात्रिकालीन बस सेवा सुचारु गरिएको हो।
बस साँझ ६ बजे बरेङबाट छुटेर नयाँबजार, गुल्मी सान्तीपुर, पाल्पा हुुँदै विहान ६ बजे बुटवल पुग्ने छ । बसको भडा दर ६ सय २० रुपयाँ कायम गरिएको छ । हिजो पहिलो दिन ना ४ ख ८८५४ नम्वरको डिलक्स बस साँझ सवा ५ बजे बुटवलका लागि छुटेको बस टिकट काउन्टरका कर्मचारी कृष्ण बहादुर थापाले जानकारी दिनुभयो ।
रात्रिकालीन बस सेवा सुचारु भए संगै बरेङ आसपासका साविकका हुग्दिशिर, धुल्लुबास्कोट, बाटाकाचौर, राङखानी, गुल्मीको भुर्तुङ, छापचौर लगाएतका क्षेत्रका बासिन्दालाई बुटवल जान आउन सहज हुने बताइएको छ । यस अघि दिवाकालीन बस तथा जिप सेवा मात्र संलाचनमा रहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend