साझा नेटवर्क
दीलिप पराजुली,दोहा
बिदेशमा काम गरेर दैनिक रुपमा हुने खर्च कटौती गरी जम्मा गर्न शुरु भएको शुभारम्भ बचत तथा लगानी योजनाको चौथो बार्षिकोत्सब सम्पन्न भएको छ। सनैया स्थित रोटना होटलको सभा हलमा सम्पन्न कार्यक्रममा सस्थाका सस्थापकहरु तथा बिभिन्न आमन्त्रितहरुको उपस्थिति रहेको थियो ।
सस्थाका अध्यक्ष मदन श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लामो समय देखी दोहामा सामाजिक क्षेत्रमा काम गरिरहेका सामाजिक अभियान्ता गुरु नारायण रानाभाट रहेका थिए भने बिशेष अतिथिहरुमा टुकराज अर्याल,चिरन्जिबी तिम्सिना, के.बि. हमाल आदि रहेका थिए ।रास्ट्रिय गान संगै शुरु गरिएको उक्त कार्यक्रममा सस्थाको चौथो बर्षको केक समेत काटिएको थियो ।सस्थाका उपाध्यक्ष महेन्ऽ कुमार श्रेस्ठले सम्पूर्ण आगन्तुक अतिथिहरुलाई स्वागत मन्तब्यले मन्तब्य दिदै सस्थाको उदेश्यको बारेमा प्रस्ट पारेका थिए ।
त्यसै गरी सस्थाका सचिब प्रेम बहादुर नेपालीले बर्ष भरिको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने सस्थाले बचत मात्र नभएर सामाजिक रुपमा पनि सहयोग गरेको बताए।सस्थाका कोषाध्यक्ष सुमन तमौटले आर्थिक प्रतिबेदन संगै सस्थामा हुने बचत तथा कोषको बारेमा प्रस्ट पार्दै सस्था आफैले पनि ब्यबसायिक पाटो समातेको जानकारी दिएका थिए ।
नेपालमा पनि सस्थाको नाममा जग्गा खरिद गरिसकेको बाताउदै तमौटले भने सानो रकम बाट शुरु गरिएको परियोजनामा अहिले निकै ठुलो रकम जम्मा भएको जानकारी गराए। अहिले सस्थामा चौध जना सदस्य रहेको समेत बताए । कार्यक्रममा बिशेष अतिथिहरुले शुभकामना दिदै कर्म भूमिबाट शुरु गरी नेपालमा समेत सस्थागत रुममा दर्ता गरी काम शुरु गरेकोमा बधाई ज्ञापन गरेका थिए ।
सानो समुह बाट शुरु गरिएको उक्त लगानी योजनाले सामाजिक क्षेत्रमा समेत सहयोग गरेकोमा प्रसंशा समेत गरेका थिए । यस्तै प्रमुख अतिथि रानाभाटले छोटो समयमा शुरु भएको योजनाले आर्थिक रुपमा एकदमै राम्रो काम गरी समाजका दिन दुखिलाई सहयोग समेत गरेकोमा धन्यबाद प्रकट गरेका थिए । सस्थाको लगानी योजनाले आउने दिनमा पनि यस्तै सामाजिक कार्यमा सहयोग पुर्याउने मा ढुक्क भएको बताउदै आउने दिनमा अझ प्रभाबशाली हुदै जाने मा बिस्वस्त रहेको बताए ।
कार्यक्रम को अन्त्यमा सभापति मदन श्रेष्ठले सम्पर्ण आगन्तुकहरुलाई धन्यबाद दिदै यसको योजना बारेमा प्रस्ट पारेका थिए । सपना पुरा गर्न पहिले देख्नु पर्ने र मात्र पुरा गर्न सकिने भन्दै उनले आउने दिनमा अझ प्रभावकारी बनाएर लैजानेमा आफुहरु लागिपरेको बताए । अहिले उक्त बचत तथा लगानी परियोजनामा चौध जनाको समुह रहेको छ ।
जसमा अध्यक्ष, मदन श्रेष्ठ, उपाध्यक्ष महेन्ऽ कुमार श्रेस्ठ, सचिब प्रेम नेपली,सहसचिब बिजेन्ऽ श्रेष्ठ, कोषाध्यक्ष सुमन तमौट, सह कोशाध्यक्ष भीम बहादुर थापा, सल्लाहकार लक्ष्मण नेपाली, सदस्यहरुमा संकर बस्याल,माधबलाल महतो,आश बहादुर लामा, राजु राई,शिर पथांग शेर्पा, कुल बहादुर श्रीस,सगेर गौतम रहेको कोषाध्यक्ष तमौटले बताए उक्तकार्यक्रम लाई निकै ब्यबस्थित रुपमा पुर्णिमा न्येउपाने संचालन गरेकी थिइन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend