साझा नेटवर्क
टोपलाल अर्याल गुल्मी,बैशाख १०।
बैशाख ३ गते गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि गाउापालिकाहरुमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भइरहेका छन्। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको कार्यभर सम्पन्न गर्ने कार्यादेश सहित जिल्ला न्यायाधिशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ। भने नगर तथा गाउापालिकाहरुमा पनि उपसचिवहरुलाई निर्वाचन अधिकृत तोकेर पठाईसकेको छ।
जिल्लामा दुई नगरपालिका र १० गाउँ पालिका छन्। सदरमुकामको रेसुंगा नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै संचालन गर्नेछ।भने एक नगरपालिका र १० गाउँपालिकामा धमाधम निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भएका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस मातृका प्रसाद मरासिनीले चुनावलाई स्वच्छ र भय रहित बनाउन स्थानीयहरुको साथको अपेक्षा गरे ।
शनिबार इस्मा गाउापालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिश मातृ प्रसाद मरासिनीले यस्तो बताएका हुन्। विभिन्न गाउापालिकाहरुमा निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेकाले चुनावी वातावरण बिथोल्ने क्रियाकलापको पुर्व सुचना दिन मरासिनीले स्थानीयलाई आग्रह गरे।
उनले चुनावलाई व्यबस्थित बनाउन विभिन्न योजना तयार भएकाले ढुक्क भएर आफ्नो मत दिन सक्ने बताए । न्यायधिस मरासिनीले कार्यालय स्थापनासंगै जिल्ला निर्वाचन कार्यालयका काम गाउामै हुन थालेकाले स्थानीयहरुकै समन्वय र सहकार्यमा निर्वाचनका हरेक गतिविधी संचालन हुने बताए। उनले निर्वाचनका सन्दर्भमा अहिलेसम्म भएका कामको बारेमा जानकारी दिएका थिए ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले जिल्लामा चुनावलाई व्यवस्थित न्योचित बनाउन सुरक्षाको दृष्टिकोढाले कुनै कसुर बााकी नरहने बताए । जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका उनले सुरक्षा रणनिति र कार्ययोजना समेत तयार भएकाले मतदातालाई सुरक्षाको प्रत्याभुति दिलाउन आफु तयार रहेको बताए । साथै उनले चुनाव बिरोधी गतिविधी भैरहेको जानकारी पाउनसाथ प्रहरी वा प्रसासनलाई तुरुन्त जानकारी गराउनआग्रह गरे ।निर्वाचन अधिकृतको कार्यालय उद्घाटनको सन्दर्भमा इस्मा पुगेका ढुंगानाले स्थानीयबासीसंग जिल्लाको सुरक्षा अवस्थाको बारेमा जानकारी दिएका थिए ।
शनिवारबाट गाउा तथा नगरपालिकाका निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना गर्न थालिएको हो । शनिबार गुल्मी दरवार, छत्रकोट र रुरु गाउँ पालिकाका तीन वटा निर्वाचन अधिकृतका कार्यालय एकै दिन उद्घाटन भएका थिए ।आइतबार एकै दिन इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको सहायक निर्वाचन अधिकृत तथा जिल्ला अदालतका श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए । सोमबार एकै दिन चन्द्रकोट, कालिगण्डकी र सत्यवति गाउापालिकामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन हुने उनले बताए।जिल्लाको निर्वाचन सम्बन्धि सम्पूर्ण कामको समन्वय, सुपरीवेक्षण र आवश्यक निर्देशन दिने कार्यादेश समेत दिएर कार्यालय संचालनमा ल्याइएको निर्वाचन कार्यालयका प्रमुख गणेश बहादुर खत्रीले बताए ।
आज भएका निर्वाचन अधिकृतका कार्यालय उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस मातृका प्रसाद मरासिनी,प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगाना,प्रहरी उपरिक्षक भोला रावल,शसस्त्र प्रहरी नायव उपरिक्षक दिग बिजय सुवेदी,अनुसन्धान प्रमुख प्रभु मल्ल,चन्द्रकोट गाउापालिकाका निर्वाचन अधिकृत खिमानन्द भुसाल,मालिका गाउँपालिकाका निर्वाचन अधिकृत भुमिराज भुसाल,धुर्कोट गाउापालिकाका निर्वाचन अधिकृत होमकान्त भण्डारी, जिल्ला अदालतका श्रेस्तेदार दुर्गा प्रसाद बस्याल,तथा स्थानीय राजनैतिक दल, सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधी एवं स्थानीयको सहभागिता रहेको छ।
इस्मा गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रम इस्मा गाउँपालिकाका निर्वाचन अधिकृत हरि प्रसाद अर्यालको अध्यक्षता गाउँपालिकाका कार्यकारी निर्देशक सरोज कुमार पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend