साझा नेटवर्क
दीलिप पराजुली,दोहा
गजलकार लेख कार्की द्वारा लिखित नयाँ गीति भिडियो सार्वजनिक भएको छ। साहित्यमा बिषेश रुची भएका कार्की गजलका पारखी हुन् । उनले यो भन्दा अगाडि मन्दिर नामक गजल संग्रह निकालि सकेका छन् ।
कतारको साहित्यिक सस्था नबोदित साहित्यिक बाचनलय बाट “नवोदित कृति अवार्ड २०७२“ पनि कार्की लाई दिलायो । त्यसैगरी सामूहिक रुपमा खोटांगका सर्जकहरुको गजल संग्रह “खोटांगका गजलहरु“ सामूहिक मुक्तक संग्रह “मुक्त आकाश भाग ( २“ उनका थप कृति हुन् ।हाल नवोदित साहित्यिक वाचनालय कतारका प्रथम उपाध्यक्ष समेत रहेका कार्की पछिल्लो समयमा नयाँ गीति एल्बम निकाल्ने कोशिसमा छन् ।
भर्खर मात्र रिलिज भएको उनको गीत “एक लाई शून्य दश” लाई भानुभक्त ढकाल र मेलिना राईको स्वरमा रेकर्ड गरिएको छ भने उक्त गीतको भिडियो भिमफेदी गाईजले गरेको छ ।यहि बैशाख ८ मा रिलिज भएको उक्त म्युजिक भिडियो युटुब मा “एक लाई शून्य दस“ सर्च गरेर हेर्न सकिनेछ । उक्त गीतले दर्शक श्रोताको मन जित्नेमा कार्की बिश्वस्त छन् ।
भिडियो हेर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend